पश्चिमाञ्चलको रक्तदान ६१ यूनिट संकलन

पोखरा, २८ मंसिर/पश्चिमाञ्चल माध्यमिक विद्यालयको रजत जयन्तीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार विद्यालय परिसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदानमा ६१ यूनिट रगत संकलन भएको छ ।

विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक, लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरका प्राध्यापक लगायत सर्वसाधारणले रक्तदान गरेका थिए । रक्तसंचार केन्द्रसँगको समन्वयमा आयोजित रक्तदान कार्यक्रमको प्रमुख अतिथि पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले ब्लड ब्याग हस्तान्तरण गरेर शुभारम्भ गरेका थिए ।

उक्त अवसरमा पालिखेले रगत दानले कसैको ज्यान जोगाउन सकिने भएकोले यसबारेमा अझ बढी जनचेतना फैलाउन जरुरी रहेको बताए । उनले रक्तदान पनि सामाजिक सेवा भएको बताए । पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले रक्तदान पनि जीवनदान भएको बताए । विद्यालयका प्राचार्य तारावहादुर घिमिरेले रक्तदानमार्फत सामाजिक उत्तरदायित्व बहन गरेको बताए ।

विद्यालयमा गत २३ गतेदेखि सप्ताहव्यापी कार्यक्रम सुरु भएको थियो । सप्ताहव्यापी कार्यक्रममा वृद्धवृद्धा सम्मान, निबन्ध प्रतियोगिता, शैक्षिक प्रर्दशनी, बास्केटबल प्रतियोगित, प्रतिभा प्रस्तुती, लगायतका गतिविधि भएका थिए । त्यस्तै मंगलबार पूर्व विद्यार्थीहरुको सम्मान कार्यक्रम पनि आयोजना गरिएको थियो ।

कमेन्टहरु
Loading...