संगठनलाई मजवुद बनाउन काँग्रेस गाँउमा

पोखरा, २७ मंसिर/नेपाली काँग्रेस क्षेत्र नं.४ कास्कीले संगठन विस्तारका लागि गाँउ छिरेको छ। स्थानिय निकायको निर्वाचन, प्रादेशीक र केन्द्रिय निर्वाचनलाई मध्यनजर गर्दै संगठन मजवुद बनाउनका लागि गाँउ छिरेको नेपाली काँग्रेस क्षेत्र नं.४ का सभपाति पोषनाथ शर्माले जानकारी दिए।

यसवीच, नेपाली काँग्रेस क्षेत्र नं.४ को बैठक कास्कीको घाचोक गाविसमा वस्यो। प्रस्तावित माछापुच्छ«े गाँउपालिकामा आवद्ध गाविसका र यस वरपरका का इकाई सभापतिको बैठकमा सहभागिता रहेको थियो।

बैठकमा सहभागि सभापतिहरुले निर्वाचनलाई लक्षित गरेर पार्टीका भातृ संगठन चलाएमान बनाउनु पर्ने सुझाव दिएका थिए।
यसअघि पार्टीले कास्कीकोटमा पनि बैठक राखेको थियो। अव लगत्तै भदौरे तामागीको ठुला खेतमा त्यहा आसपासका ईकाई सभपाति सहितको बैठक वस्ने सभापति पोषनाथ शर्माले जानकारी दिए।

यस लगत्तै पुष ९ गते ढिकुरपोखरी गाविसको नौडाँडामा विशेष भेला आयोजना गरिने सभापति शर्माले जानकारी दिए।
विशेष भेलामा कास्की क्षेत्र नं.४ का २२ वटा ईकाईका सभपाति, क्षेत्रिय प्रतिनिधि, यस क्षेत्रका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यको सहभागिता रहने छ।

निर्वाचन र पार्टीलाई मजवुद बनाउनका लागि विशेष भेलाको आयोजना गर्न लागिएको हो सभापति शर्माले भने–भेलको म्याण्डेट अनुसार नै पार्टीको गतिविधिलाई हामी अगाडि वढाउने छौ।बैठकको सञ्चलन सहसचिव राजाराम पौडेलले गरेका थिए।

कमेन्टहरु
Loading...