५ सय व्यवसायीको सम्पत्ति रोक्का

३१ जेठ, काठमाण्डौं । करमा दर्ता भए पनि तिर्न अटेर गर्ने करिब ५ सय व्यवसायीको सम्पत्ति सरकारले रोक्का गरेको छ । आन्तरिक राजस्व विभागले निर्धारण गरेको कर नतिर्ने ४ सय ८१ व्यवसायिक व्यक्ति, र्फम, उद्योगको चलअचल सम्पत्ति, बैंक खाता र आयात निर्यातमा रोक लगाएको हो ।

aantarik-rajaso-bivaggggपटक पटक ताकेता गर्दा पनि कर नतिरेपछि विभागले कानुनी कारबाही गरी कर असुली प्रक्रिया अगाडी बढाएकोनयाँ पत्रिकामा खबर छ । कानुनी कारबाहीमा पर्नेमा आयकरतर्फका १ सय ५८, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फका ३ सय १ र अन्तःशुल्कतर्फका २२ जना करदाता रहेकेा विभागले जनाएको छ ।

विभागका महानिर्देशक टंकमणि शर्माले समयमा कर तिर्न अटेर गर्ने ३६ हजार व्यवसायी, उद्योग र र्फकमध्ये वैशाख मसान्तसम्म ४ सय ८१ लाई कानुनी कारबाही गरी कस असुली प्रक्रिया अगाडी बढाइएको जानकारी दिए ।

‘करदाता सम्पत्ति, बैंक खाता र आयात निर्यातमा रोक लगाएर कर असुल्न मुलुकभरका आन्तरिक राजस्व कार्यालयलाई निर्देशन दिएका छौं,’ शर्माले भने । तर, विभागले कर तिर्न अटेर गर्ने व्यवसायी, फर्म र उद्योगको नाम सार्वजनिक गरेको छैन् ।

कमेन्टहरु
Loading...