दुर्गा मन्दिर पुरञ्चौरमा नयाँ नेतृत्व

पोखरा, २६ मंसिर ।दुर्गा मन्दिर एवं गौरी शंकर ब्रह्म विद्या पिठम पुरञ्चौर–५ कास्कीको अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले १००८ स्वामी डा. रामानन्द गिरी जी महाराजको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा ढाका मोहन गौतम, सचिवमा बलराम गौतम, सहसचिवमा डण्डपाणि गौतम, कोषाध्यक्षमा गौरीप्रसाद गौतम चयन भएका छन् ।

localhost/websites/bibek
ganthan.com

सदस्यहरुमा यमकुमार ढुंगेल, शेषकान्त गौतम, तारा गौतम, गीता गौतम, विष्णुप्रसाद गौतम, विकास गौतम, भोजराज गौतम र हरिप्रसाद गौतम चयन भएका छन् ।अमरेश्वर सन्यास आश्रमका गुरु कृष्णानन्द गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हो । उक्त अवसरमा गाविस सचिव शान्ति गौतम र पूर्व गाविस उपाध्यक्ष निलकण्ठ बास्तोला लगायतले बोलेका थिए । सचिव र कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित भएको सचिव बालराम गौतमले जानकारी दिए । मन्दिरको पुनर्निर्माण गरी उक्त स्थानलाई धार्मिक पर्यटकीय स्थल बनाउने निर्णय गरिएको उनले बताए ।

कमेन्टहरु
Loading...