स्याङजाको भीरकोटमा पहिलो भीरकोट महोत्सब हुने

पोखरा , २६ मंसिर ।भीरकोट  उद्योग बाणिज्य संघले स्याङजामा पहिलो भीरकोट महोत्सब गर्ने भ​एको छ ।आयोजक​ भीरकोट  उद्योग बाणिज्य संघले आईतवार पोखरामा पत्रकार सम्मेलन गरी आगामी पुस ८ गते देखि १८ गते सम्म स्याङजाको भीरकोटमा पहिलो पटक​ महोत्सब गर्न लागेको जानकारी दिएको हो । महोत्सब भीरकोट  नगरपालिका १ स्थित सिसौघारी मैदानमा हुने आयोजकले जनाएको छ ।  ११ दिन सम्म चल्ने महोत्सबमा औद्योगिक ब्यापार मेला, बाल उद्यान, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, लोक दोहोरी गीत प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, खुल्ला गजल वाचन प्रतियोगितामा गरिने संघका अध्यक्ष एबं महोत्सब संयोजक हर्क गुरुङले जानकारी दिए ।

त्यस्तै महोत्सबमा सास्कृतिक कार्यक्रम तथा भेषभुषा प्रदर्शनी, कृषी मेला, पशुपंक्षीको बिक्री एबं प्रदर्शनी , सुन्तला प्रदर्शनी लगायत पनि समावेश गरिएको आयोजकले जनाएको छ ।  स्थानिय प्रतिभा प्रष्फुटन सहित स्थानिय स्तरमा उत्पादित बस्तुको प्रबद्र्धनमा जोड दिने गरी महोत्सब आयोजना गरिएको संघका महासचिव कमल विकास त्रिपाठीले जानकारी दिए । महोत्सबमा विभिन्न प्रकृतिका झण्डै एक सय ५० स्टल रहने बताईएको छ भने महोत्सब अबधिभर झण्डै तीन करोडको आर्थिक कारोवार हुने र झण्डै साढे दुई लाख दर्शक भित्र्याउने लक्ष्य छ ।

स्याङजाको भीरकोटमा पहिलो भीरकोट महोत्सब हुने
स्याङजाको भीरकोटमा पहिलो भीरकोट महोत्सब हुने

मेला प्रवेशका लागि सर्वसाधारणलाई ५० र बिद्यार्थीका लागि ३० रुपैया टिकटदर कायम गरिनुको साथै मेला अबधिभरका लागि पाँच सय रुपैयाको प्रवेश पासको समेत ब्यवस्था गरिएको छ । महोत्सब सम्पन्न गर्न ६८ लाख ७५ हजार रुपैया खर्च हुने र त्यतिनै बराबरको आम्दानी हुने अनुमान छ । महोत्सबबाट रकम बचत हुन आएमा सोहि क्षेत्रको कृषी, पर्यटन, खेल मैदानको स्तर बृद्धिमा खर्च गर्ने आयोजकले जनाएको छ ।महोत्सबको अबसरमा अगुवा उत्कृष्ट किसान छनौट गरी सम्मान समेत गरिने आयोजकले जानकारी दिएको छ महोत्सब सम्पन्न गर्न मुल आयोजक समिति सहित विभिन्न उपसमिति गठन गरी तयारी तिब्र पारिएको संघका महासचिव त्रिपाठीले जानकारी दिए ।

कमेन्टहरु
Loading...