ग्रामीण भेगमा काँग्रेस कास्की १ को स्वास्थ्य शिविर

पोखरा, २५ मंसिर/नेपाली काँग्रेस क्षेत्र १ र लेक सिटी अस्पताल, पोखराको संयुक्त आयोजनामा आज कास्कीको थुम्की, मिजुरे, भाचोक र सैम¥याङका मानिसलाई लक्षित गरी कसेरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरको सांसद यज्ञबहादुर थापाले उद्घाटन गर्दै निम्न वर्गका जनतालाई शिविरले सहयोग पु¥याएको बताउनुभयो । शिविरमा ४ जनाले चेकजाँच गरेका छन् । डा. सुवास सापकोटाको नेतृत्वमा रहेको शिविरमा मुटु, पेट स्त्री रोग, नसा लगाएतका रोगको जाच गरीएको नेपाली काग्रेसका युवा नेता सरोज केसीले जानकारी दिनु भयो ।

ग्रामीण क्षेत्रका जनतालाई लक्षित गरि आयोजना गरिएको शिविरबाट अस्पताल आउन नसक्ने बिरामीलाई सहज भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सभापति बृजमान गुरुङ, लेक सिटी अस्पतालका सञ्चालक यमनाथ सापकोटा र क्षेत्रीय सचिव प्रेमकुमार श्रेष्ठ, क्षेत्रीय सदस्य रामबहादुर गुरुङ लगायतले शिविर आगामी दिनमा पनि आयोजना गर्नुपर्नेमा जोड दिए ।शिविरबाट ५० जना बढीलाई थप उपचारका लागि रिफर समेत गरिएको छ ।

कमेन्टहरु
Loading...