विदेश जाने विद्यार्थीका लागि युनिस्टार एजेकेसनको सुेवा सुरु

पोखरा, २५ मंसिर /विदेश जाने विद्यार्थीका लागि युनिस्टार एजुकेसन कन्सल्टेन्सीले शुक्रबार देखि पोखरामा सेवा सुरु गरेको छ । कन्सल्टेन्सीको इक्यान कास्कीका अध्यक्ष मिलन तिवारीले उद्घाटन गरे ।

उनले अनुभवि व्यक्तिबाट सञ्चालन भएको कन्सल्टेन्सी भएका कारण विद्यार्थीले राम्रो सेवा पाउने बताए । १६ वर्ष देखि कन्सल्टेन्सी सञ्चालन गर्दै आएका सन्तोष शाहीले युनिस्टार एजुकेसन कन्सल्टेन्सी सञ्चालनमा ल्याएका हुन् । उनले अष्टेलिया, न्युजरल्याड, युके, युएसए पढ्न जान चाहने विद्यार्थीका लागि परामर्श र पठाउने काम गर्ने बताए । उनले त्यसै गरि टोफेल, आइएल्सको पढाइ समेत हुने बताए ।

उनले अष्टेलीया जाने विद्यार्थीलाई नेपकम्सको सहकार्यमा पठाउने बताए । उनले नेपकम्सको कार्यालय अष्टेलियामा नै भएका कारण जाने विद्र्यार्थीलाई सजिलो हुने बताए । कार्यक्रममा इक्यान कास्कीका निवर्तमान अध्यक्ष महेश भण्डारी, पोखरा जेसिसका निवर्तमान अध्यक्ष छवि सुबेदी, नेपकम्स सर्भिसकी एड्मिसन म्यानेजर लक्ष्मी कायस्त लगाएतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...