लियोद्वारा विद्यालय पोशाक वितरण

पोखरा, २४ मंसिर / अन्तर्राष्ट्रिय लियो दिवसको अवसरमा लक्ष्मी निम्न माध्यमिक विद्यालय पोखरा–२५ पुम्दीभुम्दीका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । लियो जिल्ला परिसद ३२५ बि १ नेपाल रिजन २ र ३ अन्तर्गत पोखरामा रहेका सम्पूर्ण लियो क्लबहरुको आयोजनामा पोशाक वितरण गरिएको हो ।

लियो क्लब अफ चौतारी पोखरा, लियो क्लब अफ पोखरा पिस चौतारी, लियो क्लब अफ पोखरा, लियो क्लब अफ पोखरा फिस्टेल सिटी र लियो क्लब अफ पोखरा लेकसिटीले पोखरा वितरणका लागि आर्थिक सहयोग गरेका हुन् । ३० जना विद्यार्थीलाई पोशाक वितरण गरिएको कार्यक्रम संयोजक लियो विष्णु तिमिल्सनाले जानकारी दिए ।

लियो जिल्ला परिसद ३२५ बि १ नेपालका भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो राजेन्द्र बरालको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव अफ पोखरा पिस सोसाइटीका अध्यक्ष लायन होम बिलास सापकोटा, कार्यक्रम संयोजक तथा लियो जिल्ला परिसद ३२५ वि १ नेपालका रिजन ३ कोअर्डिनेटर लियो विष्णु तिमिल्सिना, ट्रेडिङ पुल सेक्रेटरी लियो सुशील पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीना बराल, प्रधानाध्यापक लोकनाथ बराल, शिक्षक अभिभावक संघका अध्यक्ष सुकदेव बराल, लियो जिल्ला परिसद ३२५ वि १ नेपालका डिष्ट्रिक्ट डाइरेक्टर लियो ठाकुर पौडेल, लियो क्लब अफ पोखरा संगमका अध्यक्ष लियो बिबेक सापकोटा लगायतले बोलेका थिए ।

यसैबीच अन्तर्राष्ट्रिय लियो दिवस मनाउने क्रममा सम्मान कार्यक्रम समेत गरिएको छ । पूर्व लियो तथा हाल लायन्स जिल्ला परिसद ३२५ वि १ नेपाल रिजन १९ रिजन चेयरपर्सन लायन तेज नारायण पराजुलीलाई लियो तथा लायन्स मार्फत समाजमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको कार्यक्रम संयोजक तिमिल्सिनाले जानकारी दिए । कार्यक्रममा बोल्दै लियो जिल्ला परिसद ३२५ वि १ नेपालका भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो राजेन्द्र बरालले लियो क्लब तथा सामाजिक संघसंस्थामा लागेर पाउने सबैभन्दा ठुलो उपलब्धी आत्मसन्तुष्टी रहेको धारणा राखे ।

कमेन्टहरु
Loading...