बेसहारालाई युवा संघको सहयोग

पोखरा, २४ मंसिर /युवा संघ नेपाल पोखरा—६ बैदामले सडक बालबालिका तथा बेसहारा व्यक्तिलाई लत्ताकपडा वितरण गरेको छ । बिहीबार राति ९ बजेदेखि १२ बजेसम्म पोखरामा रहेका त्यस्ता व्यक्तिलाई कम्बल, पछेउरा र ज्याकेट वितरण गरिएको हो ।

बुल्समेन क्लब तथा विभिन्न व्यक्तिको सहयोगमा लत्ताकपडा वितरण गरिएको हो । युवा संघ नेपाल अञ्चल कमिटीका उपाध्यक्ष महेन्द्र गुरुङको संयोजकत्वमा कार्यक्रम भएको थियो ।

सडक बालबालिका र बेसहरालाई लत्ताकपडा बाड्ने क्रममा अन्य समस्या पनि देखा परेको युवा संघ नेपाल पोखरा–६ का अध्यक्ष सलिदेवनले बताए । उनले आगामी दिनमा औषधी समेत वितरण गर्ने बताए । सडक बालकलाई लाइट बालेर खोजीखोजी युवा संघ बैदामका सदस्यहरुले लत्ताकपडा बाँडेका थिए ।

कमेन्टहरु
Loading...