तनहुँमा गणपति वित्तीय संस्थाको कारोबार सुरु

पोखरा, २४ मंसिर /गणपति वित्तीय संस्था लिमिटेडले शुक्रबारदेखि तनहुँमा केन्द्रिय कार्यालयको उद्घाटन तथा कारोबार सुरु गरेको छ । शुक्लागण्डकी न.पा.–३, दुलेगौंडामा रहेको माइक्रोफाइनान्सको कार्यालय तथा कारोवारको एक समारोहका विच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले गरेका हुन् ।

नेपाल राष्ट्र बैंक बाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त माइक्रोफाइनान्सको उद्घाटन समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले स्वगत मन्तव्य व्यक्त राख्दै लक्षित वर्गसम्म पूगी स्तरीय सेवा प्रदान गर्न वित्तीय संस्था कटिवद्घ रहने प्रतिबद्धता जाहेर गरे ।

समारोहमा संस्थाका अध्यक्ष युवराज भण्डारीले उद्घाटन तथा कारोवार सुभारम्भ कार्यक्रममा पुगेका अतिथि लगायत अन्य सहभागिहरुलाई धन्यबाद ज्ञापन गर्दै देशका विपन्न वर्गसम्म सरल एवं सुलभ रुपमा वित्तीय सेवा उपलब्ध गराउन हरसम्भव प्रयत्न गर्ने प्रतिवद्घता व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...