शिखर दोहोरी साँझद्धारा पत्रकार सुवेदी सम्मानित

पोखरा, २४ मंसिर/शिखर दोहोरी साँझले पहिलो वर्ष पार गरी दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा समाधान राष्ट्रिय दैनिकका संवाददाता सन्तोष सुवेदीलाई सम्मान गरेको छ ।

साँझले पत्रकारिताको माध्यमबाट लोकसंगीतमा पु¥याएको अतुलनिय योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक किशोर लम्सालले खादा, नगद र सम्मानपत्रले सम्मान गरेका हुन् ।

वार्षिकउत्सवको अवसरमा फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीलाई पनि दोहोरी साँझले सम्मान गर्दैछ । वार्षिकउत्सवको पहिलो दिन गायक रामजी पौडेल, जयकुमार परियार, सन्तोष बस्याल, गायिका माया गुरुङको बेजोड प्रस्तुति रहेको थियो भने दीपक थापाले हाँस्य नृत्यले सबैलाई मनोरञ्जन दिएका थिए । वार्षिकउत्सव २५ गते सम्म चल्ने दोहोरी सञ्चालक लक्ष्मी नेपालीले बताईन् ।

कमेन्टहरु
Loading...