आँबुखैरेनीबाट मनकामनासम्म सडक जोडिएपछि जिपमा मन्दिरसम्म सरर

अर्जुन थापा
घरै पिच्छेका होटल, पर्यटकीय क्षेत्र आसपासको झल्को दिने गरि सडकको छेउसम्म ठुला छाता राखेर खोलिएका चिया पसल र खाजा घर, मानिसहरुको बाक्लो चहलपहल, अनि जीप, मोटरसाइकल र सफारी गाडीको ओहोरदोहोर, झट्ट हेर्दा निकै व्यस्त देखिन्छ यो बजार ।

यो हो तनहुँ र गोर्खा जिल्ला जोड्ने मर्स्याङ्दीको पूलको मुखैमा रहेको आँबुखैरेनीको उत्तर तर्फको तल्लो बजार । पछिल्लो समय आँबुखैरेनी(बनौती) मनकामना सडकखण्ड संचालनमा आएपछि यहि बाटो हुँदै नेपालको प्रसिद्द धार्मिकस्थल गोरखा जिल्लामा अबस्थित मनकामना मन्दिर सजिलै र छिटो पुग्न सकिन्छ । आँबुखैरेनी बजारबाट ४० मिनेटमै मनकामना मन्दिर पुग्न सकिने यो कच्ची सडकखण्डको लम्बाई जम्मा १० किलोमिटर रहेको छ । केही समयअघि दरौदी खोलामा झन्डै ४ करोडको लागतमा पक्की पूल निर्माण भएपछि आँबुखैरेनी(बनौती(मनकामना कच्चि सडकले पूर्णता पाएको हो ।

सडकले गोर्खा जिल्लाको मनकामना र देउराली गाबिसलाई छोएको छ । उक्त सडकखण्डमा हाल सातवटा टाटासुमो संचालनमा छन् भने यात्रुको चाप बढेसंगै थप तीनवटा जीप थप्न लागिएको आँबुखैरेनी(बनौती मनकामना सडकखण्ड समितीका अध्यक्ष टंक प्रसाद दुवाडीले बताउनुभयो । हाल ११ सदस्यीय सो समितिका सबै जिपहरू रातो नम्बर प्लेटमा भएको हुँदा छिट्टै नै कालो प्लेट बनाई अहिलेको समितिलाई गोर्खा यातयात मार्फत संचालन गर्न सकिने दुवाडीले जानकारी दिनुभयो । भविष्यमा काठमाण्डौ(मनकामना(आँबुखैरेनीसम्म सुमो जीप मार्फत सेवा दिंदै जिपको संख्या समेत बीस पुर्याइने समितिले लक्ष लिएको छ ।

आँबुखैरेनी(बनौती(मनकामना सडक संचालन भएपछि अहिले गोर्खा, तनहुँ, कास्की लगायत उत्तरि भेगबाट मनकामना दर्शनका लागि जाने यात्रुहरुको चाप समेत बढ्न थालेको छ । आँबुखैरेनीबाट जीपमा मनकामना जान आउन भाडा जम्मा ३ सय रुपैया लाग्दछ । उता कुरिनटार देखी केवलकारमा मनकामना जान आउन हाल ६ सय ४० रुपैयाँ लाग्दछ ।

मनकामना दर्शनका लागि आँबुखैरेनीदेखि कुरिनटारसम्म पुग्ने समय र त्यहाँसम्म लाग्ने भाडाको बचत, अनि केबलकार चढ्न घन्टौ लाइन बसेर कुर्नुपर्ने अबस्थामा हाल यो सडकखण्ड संचालन भएपछि अति नै सजिलो भएको मनकामना दर्शनका लागि मन्दिर जान लागेका तनहुँ बन्दीपुरका रमेश पौडेलले बताउनुभयो ।

यस्तै बिहान ८ बजे शुरु भइ ५ बजे बन्द भइसक्ने केवलकारमा समयको पाउबन्दी रहने गरेकोमा अहिले जीप संचालन भएपछि बिहान देखी साँझसम्म आफ्नो समय अनुकुल जान आउन सकिने स्थानिय व्यवसायी चिरन हरी श्रेष्ठले बताउनुभयो । यसबाहेक आफ्नो सवारीसाधन भएको अबस्थामा जुनसुकै समय पनि मनकामना जान आउन सकिने र जीपमा जाने यात्रुका लागि ५र६ जनाको टोली भएको अवस्थामा बिहान ४ बजेदेखी राती ८ बजेसम्म सेवा दिन तयार रहेको सडक संचालक समितिले बतायो ।

 आँबुखैरेनीबाट मनकामनासम्म सडक जोडिएपछि जिपमा मन्दिरसम्म सरर

आँबुखैरेनीबाट मनकामनासम्म सडक जोडिएपछि जिपमा मन्दिरसम्म सरर

पहिले हिंडेर जाने यो बाटो केबलकार संचालन भएपछि बिस्थापित भएको अध्यक्ष दुवाडीले बताउनुभयो । जम्मा १० किलोमिटर दूरी रहेको यो कच्ची सडकखण्ड पक्की भएको अबस्थामा २० मिनेटमै मनकामना पुग्न सकिने उहाँको भनाई थियो । हाल संचालन भएको यो सडक स्थानीयवासीको श्रमदानमा सम्पन्न भएको हो ।
यता आँबुखैरेनीबाट सहज तरिकाले मनकामना पुग्न सकिने र यसअघि सुनसान रहने आँबुखैरेनी बजारको तल्लो बजार क्षेत्रमा समेत चहलपहल बढ्न थालेपछि स्थानियमा समेत उत्साह छाएको छ । संधै (हाइवे) माथिल्लो बजारमा मानिसको चहलपहल र व्यापारिक कारोबार हुँदै आएकोमा अहिले तल्लो बजारमा समेत ब्यापारिक गतिविधि बढेकोमा उत्साह जागेको स्थानिय बिनोद भुजेलले बताउनुभयो । उहाँका अनुसार अब सो सडकखण्डको स्तर बृद्दि गरी पक्की सडक बनाएर आँबुखैरेनी बजारलाई समेत पर्यटकीय केन्द्रको रुपमा बिकास गर्न सके समस्त तनहुँ जिल्लालाई मात्र नभएर आसपासका छिमेकी जिल्लालाई समेत फाईदा पुग्ने उहाँको धारणा छ ।

आँबुखैरेनीबाट मनकामनासम्म सडक संचालन भएपनि हालसम्म केवलकार मार्फत मनकामना पुग्ने दर्शनार्थीको संख्यामा कुनै कमी नआएको मनकामना केवलकारका नायब महाप्रबन्धक डि।एन कायस्थले बताउनुभयो । हाल आँबुखैरेनी(मनकामना सडक संचालनप्रति आफुहरुको कुनै आपत्ती नरहेको कायस्थको भनाई छ ।

यसअघि पनि आसपासका दर्शनार्थीहरु हिंडेरै मनकामना जाने गरेको बताउंदै उहाँले दर्शनार्थी हिंडेर, गाडिमा अथवा केबलकारमा जाने भन्ने कुरा यात्रुको इच्छामा भरपर्ने भएकाले खासै फरक नपर्ने बताउनुभयो । पछिल्लो तीन वर्षको अवधिमा यस बर्ष केवलकार चढेर मनकामना दर्शनका लागि जाने यात्रुको संख्या अझ बढी रहेको उहाँको दाबी छ ।

कमेन्टहरु
Loading...