पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई जुत्ता प्रहार

फाइल तस्विर 

सागर राज तिमिल्सिना
पोखरा, २३ मंसिर /नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई लक्षित गरी पोखरामा जुत्ता प्रहार भएको छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागत कार्यक्रममा जुत्ता प्रहार भएको हो । कार्यक्रममा भट्टराईबिरुद्ध कालो झण्डा र प्लेकार्ड देखाएर बाबुराम विरुद्ध नारा बाजि समेत गरेको प्रत्यक्षदर्शी विद्यार्थीले बताएका छन् ।

कैलाली नारायणपुरका २९ वर्षीय सञ्जीव भट्टराईले जुत्ता पुर्व प्रधानमन्त्री भट्टराईलाई जुत्ता प्रहार गरेका हुन् । डा. भट्टराई जुत्ताले भने नलागेको कार्यक्रममा सहभागीले बताए । जुत्ता प्रहार गर्ने सञ्जीव भट्टराई पृथ्वीनारायण क्याम्पसमा अर्थशास्त्र र राजनीति शास्त्र दुई वटा विषयमा डिग्रिका विद्यार्थी हुन् ।

घटना लगत्तै कार्यक्रमा सहभागी विद्यार्थीहरुले उनलाई कुटपिट गरेका थिए । त्यस पछि सञ्जीव भट्टराइए प्रहरील नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बगरमा हिरासतमा राखेको छ । उनले प्रहरी समक्ष नेताहरुले देश विगारेका कारण वितृष्णा जागेका कारण प्रहार गरेको बताएका छन् । उनले जुन सुकै ठुला पार्टीका ठुलो नेता भएको भए पनि प्रहरा गर्ने उनको लक्ष्य रहेको बताएको प्रहरीले जानकारी दिएको छ । उनी पोखरा ११ फुलबारीमा मासुको पसल सञ्चालन गर्छन भने बिहान क्याम्पस पढ्ने गरेका छन् ।

कमेन्टहरु
Loading...