“गुरुङ(तमु)भाषा सिक्नुहोस्” पुस्तक विमोचन

पोखरा, २१ मंसिर/घान्द्रुक ८, म्रुँम्चु बारघर गाँउ भई युकेको फानबोरो निवासी अमर तमु(नेपालेको कान्छा)द्धारा लिखित “गुरुङ(तमु)भाषा सिक्नुहोस्” पुस्तकको सोमबार एक कार्यक्रमका विच विमोचन गरिएको छ ।

पोखरा १०, रामघाट बुद्धशान्ति मार्गस्थित ब्रेज मेश्रों घान्द्रुक तमु समाजमा आयोजित कार्यक्रममा घान्द्रुक गुरुङ भाषा संरक्षण समिति युके तथा श्री मेश्रों बराह घान्द्रुक बेलफेयर सोसाइटी युकेद्धारा प्रकाशित उक्त पुस्तकको प्रमुख अतिथि बयोबृद्ध समाजसेवी ९५ वर्षिय सिंहराज तमु, घान्द्रुक तमु समाज पोखराका अध्यक्ष सुवेदार नरबहादुर तमु, बौंद्ध अर्घौ सदनका अध्यक्ष क्या.भुवनसिंह तमु, समाजसेवी रुद्रकुमारी तमु मैना, मेजर प्रेमबहादुर थापा, सुवेदार इमानबहादुर तमु, सुवेदार सुदर्शन तमु, खडगबहादुर तमु, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी तमु लगायतले पुस्तक सार्वजनिक गर्नुहुदै विमोचन गर्नुभएको हो ।

प्रमुख अतिथि सिंहराज तमुले लेखक अमर तमुलाई आर्शिवचन प्रदान गर्नुहुदै पुस्तक प्रकाशनले तमु भाषा सिक्न चाहनेलाई सहयोगी र भाषा संरक्षणका लागि उपयोगी हुने बताउनुभयो ।

टिप्पणीकार रोदी क्लव घान्द्रुकका अध्यक्ष, शिक्षक पुर्णप्रसाद तमुले पुस्तकले लोप हुदै गएको तमु भाषाको संरक्षण गर्न सघाउने बताउनुहुदै प्रकाशन केही कमिकमजोरी रहे पनि छिट्टै दोश्रो संस्करण प्रकाशन गरी कमिकमजोरी सच्चाउने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तक नेपाली— रोमन अग्रेंजी— तमु भाषामा रहेको छ भने मुल्य २५० रुपैया मात्र रहेको छ । लेखक अमर तमुले यस अघि घान्द्रुके गुरुङ भाषा पुस्तक सन् २०१२ मा प्रकाशन गरिसक्नुभएको छ ।

कमेन्टहरु
Loading...