धरौटी रकम कम गर्न माग

पोखरा, २१ मंसिर /अखिल नेपाल सुकुम्बासी संघ कास्कीले भूमिहिन सकुम्बासी एवं गुठीका घरटहरामा इनर्जी मिटर जडान गर्दा बुझाउनुपर्ने धरौटी रकम साविककै कायम गर्न माग गरेको छ ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको ७ सय ४० औं बैठकले भूमिहिन, सुकुम्बासी एवं गुठीमा घरटहरा बनाइ बसोबास गरेका बासिन्दालाई इनर्जी मिटर जडान गर्न १० हजार रुपैयाँ धरौटी बुझाउँनुपर्ने निर्णय गरेको थियो । जबकी उक्त रकम यसअघि १२ सय रुपैयाँ मात्रै थियो ।

संघले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै उक्त निर्णयको विरोध गरेको छ । संघका कास्की अध्यक्ष हर्कमान विश्वकर्मा र सचिव ओमबहादुर पौडेलद्वारा जारी विज्ञप्तीमा उक्त निर्णय तुरुन्त सच्याइ साविककै कायम गर्न माग गरिएको छ ।

कमेन्टहरु
Loading...