ल्होसारको अवसरमा गोपाल गुम्बाले कङग्युर पाठ गर्ने

पोखरा २० मंसिर  तमु जातिको महान पर्व ल्होसारको अवसरमा पोखरा १० बुद्ध शान्ति मार्गमा रहेको टांसी छ्योएलिङ (गोपाल) गुम्बाले कङग्युर पाठको आयोजना गर्ने भएको बिगत १५ वर्षदेखि तमु जातिहरुको महान पर्व ल्होसारको अवसरमा गुम्बाले आयोजना गर्दै आएको कङग्युर पाठलाई यो वर्ष पनि निरन्तरता दिने भएको हो ।तमु जातिको ल्होसार अन्तर्गट बांदर बर्गको बिदाइ चरा बर्गको आगमनलाई स्वागत गर्दै यो वर्ष आगामी पुष देखि १० गते सम्म कङग्युर पाठ गरिने

ल्होसारको अवसरमा गोपाल गुम्बाले कङग्युर पाठ गर्ने
ल्होसारको अवसरमा गोपाल गुम्बाले कङग्युर पाठ गर्ने

कङ्गयूर पाठ तथा तानाघोसुम पुजामा नेपालभरका लामागुरुहरुले सामुहिक रुपमा भगवान बुद्धको जीवनी उनको उपदेश समेत समेटिएको बौद्ध धार्मिक ग्रन्थ कङ्गयूर पाठ गर्ने गुम्बाका मुख्य लामा गुरु आम्ची गोपाल गुरुङ्गले वताए ।विश्वमा घटिरहेको हत्या हिंसा आतंकको अन्त्य भइ विश्वमा शान्ति फैलियोस वर्तमान राजनैतिक असहज परिस्थिती अन्त्य भइ दिगो शान्ति स्थापना होस भन्ने कामनाका साथै प्रत्येक वर्ष जस्तै यो वर्ष पनि कङ्गयूर पाठलाई निरन्तरता दिइएको गुरुङको भनाइ रहेको थियो

यो वर्ष चरा वर्ग झ्या ल्हो भएकाले यो वर्ष भरि कुनै हिंशाजन्य घटनाहरु नघटोस विश्वमा शान्ति छाओस भन्ने उद्देश्यका साथ पुजामा भक्तजनहरुको सहभागीता रहने आयोजकले जनाएको ।यस पटकको कङ्गयूर पाठ बाचनका लागी टाँसी छ्योलिङ्ग गुम्बाको मुल आयोजना रहेको छभने ब्रत आमा समुह टांसी छ्योलिङ्ग गुम्बाको सह सहयोग घान्दु्रक ब्रेज मश्रो तमु समाज आठ भाइ बाह्र घर प्ल्हनेरो भाइखलकको सहयोग रहेको ।यसैविच आगामी मंसिर २७ २८ गते गुम्बाको आयोजनामा पोखरामानै पहिलो पटक भर्दो पुजाको आयोजना गरिने भएको

मानिसले जीवनभर गर्ने कर्मका आधारमा मृत्यु पश्चात फल पाउने भएकाले नराम्रो काम प्रति अभिप्रेरित नहोस भन्ने सन्देश प्रवाह गर्नका लागी यो पुजाको आयोजना गर्न लागेको गुम्बाले जनाएको यो पुजामा काठमाण्डौ सितापाइला सेतो गुम्बाका पुज्नीय ग्यालवाङ दोखाम्बा रिम्पोछेबाट प्रवचन तथा चेन्रेसिगको अभिषेक हुने आयोजकले जनाएको यो पुजामा घान्दु्रक बैज मेश्रो तमु समाज टासी छ्योएलिङ गुम्बा ब्रत आमा समुहको सहयोग रहने

कमेन्टहरु
Loading...