पोखराको नेपाल- भारत मैत्री विद्यालय सहमति पछि मंगलबार खुल्ने

सागर राज तिमिल्सिना
पोखरा, २० मंसिर/शुक्रबार बन्द पोखराको रामबजारमा रहेको नेपाल भारत मैत्री विद्यालय मंगलबार देखि सञ्चालनमा आउने भएको छ । विद्यार्थी संगठन र अभिभावकहरुले विद्यालयले नविकरण गर्न दवाव दिदै ताला बन्दी गरेका थिए । १५ दिन भित्रमा नविकरण लगाएतका सबैका प्रक्रिया सक्ने भारतीय दुतावासले प्रतिर्वता जनाए पछि विद्यालय सञ्चालनमा आउन लागेको हो ।

नेपालका लागि भारतीय दुताबासका रक्षा सचिब मनरास सिंहमानले विद्यालयका प्रिन्सिपल, विद्यार्थी संघठनका नेताहरु र अभिभावक संग भएको वार्ता १५ दिन भित्रमा नविकरण गरि सक्ने प्रतिर्वता जनाए पछि विद्यार्थी संघठन, अभिभावकले सहमति गरेको नेपाल विद्यार्थी सघका केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए । उनले शिक्षा मन्त्रालयम पनि नविकरणको काम सुरु भई सकेको जानकारी पाए पछि विद्यार्थी संगठनहरु सहमतीका लागि तयार भएको बताए ।

यस वर्ष कक्षा दशबाट पास भएका विद्यार्थीले कक्षा ११ मा पढ्न नपाए पछि विद्यार्थी संगठन र अभिभावक आन्दोलीत भएका थिए । कास्कीका ६ विद्यार्थी संगठन तथा अभिभावकहरुले विद्यालयको मुलगेटमा ताला लगाएर विद्यालय बन्द गरेका थिए । नेपाल भारत मैत्री विद्यालयमा भारतीय बोर्डको पढाइ हुदै आएको छ ।

विद्यार्थीको भविस्य अन्यौलमा परे पछि विद्यालय बाध्य भएर बन्द गर्नु परेको अभिभावकले बताएका थिए । विद्यलयले नेपाल सरकारको नियम अनुसार नविकरण नगर्दा विद्यार्थीहरुको भविष्यनै अन्यौलमा परेको थियो । गत सालको भारतको केन्द्रिय सिविएसई वोर्ड अन्तर्गत परिक्षा दिएर कक्षा ११ अध्ययनरत ५४ जनाको समकक्षता प्रमाणपत्र नहुँदा उनीहरुको भविष्य अन्यौलमा परे छन् ।

कमेन्टहरु
Loading...