पोखरा, २० मंसिर/पोखरा उपमहानगरपालिका १३ औद्योगिक क्षेत्रमा ग २ च १२९५ नम्बरको हाईलक्सले ग १० प १२७४ नम्बरको स्कुटरलाई ठक्कर दिदां एक जना घाइते भएकी छन् ।
स्कुटर चालक पोखरा उपमहानगरपालिका १० रामघाट बस्ने बर्ष ३७ की पबित्रा गुरुङ घाईते भएकी हुन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकीमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
हाईलक्स चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।