सातौ राष्ट्रिय खेलकुदका लागि पोखरामा पश्चिमाञ्चल स्तरीय छनोट सुरु

सागर राज तिमिल्सिना
पोखरा २० मंसिर /पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चल स्तरीय क्षेत्रीय छनोट खेलकुद प्रतियोगिता पोखरामा सोमबार देखि सुरु भएको छ । मंसिर ३० गते सम्म संचालन हुने प्रतियोगिताको एमालेका बरिष्ठ नेता तथा पुर्वप्रधान मन्त्री झलनाथ खनालले गरे ।

उद्घाट खेलमा १५ मिटरको दौडको उपाधि गुल्मीका रोहीत अधिकारीले जिते । उनले निर्धारीत दुरी ४ मिनेट २३ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जिते । त्यसै गरि ४ मिनेट ३३ सेकेण्डमा दुरी पुरा गर्दै पर्वतका प्रकाश कुबँरले दोस्रो र ४ मिनेट ३६ सेकेण्डमा दुरी पुरा गर्दै बाग्लुङका चन्द्र बहादुर मल्लले तेस्रो स्थान हासिल गरे ।

विजेता खेलाडीलाई पुर्व प्रधानमन्त्री खनाल लगाएतले पुरस्कार वितरण गरे । प्रतियोगितामा १६ जिल्लाका २६ सय खेलाडीले २४ वटा खेलमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका खेल पोखरमा मात्रै सञ्चालन नभई अन्य जिल्लामा पनि सञ्चालन भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।

कास्कीमा फुटबल पुरुष ÷महिला,क्रिकेट महिला÷पुरुष, एथलेटिक्स, बक्सिङ्ग, टेबलटेनिस, बास्केटबल, ह्याण्डबल र फुलकन्ट्याक्ट कराँते प्रतियोगिता संचालन हुने छन् । त्यस्तै म्याग्दीमा महिला तथा पुरुष भलिबल, कराँते प्रतियोगिताको छनोट खेल हुने भने तेक्वान्दो तनुहँ, कवड्डी नवलपरासी, ब्याडमिन्टन गुल्मी, बृद्धिचाल पाल्पा, आईटिएफ बाग्लुङ, खोखो रुपेन्देही, उसु चितवन, भारोत्तोलन नेपालगन्ज, शुटिङ बाग्लुङमा संचालन हुने उनले बताए ।

कमेन्टहरु
Loading...