संविधान संशोधनले देश द्धन्द, विदेशीको हस्तक्षप बढ्छ–वरिष्ठ नेता खनाल

सागर राज तिमिल्सिना
पोखरा, २० मंसीर/नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधाननमन्त्री झलनाथ खनालले अहिले संविधान संशोधन गरेमा देशमा द्धन्द, तनाब र विदेशी हस्तक्षप हुन सक्ने बताएका छन् । उनले देशमा सविधान संशोधनलाई लिएर पार्टीहरुमा झगडा गराएको विदेशी खेल्न खोजको आरोप लगाए । उनले संविधान सशोधन भन्दा कार्यान्वयननै अहिलेको आवश्यकता रहेको बताए ।

पूर्वाञ्चलमा आगामी पुस ८ देखि १५ गतेसम्म हुने सातौ राष्ट्रिय खेलकूद अन्तर्गत पश्चिमान्चलस्तरीय खेलाडी छनौट प्रतियोगिताको आज पोखरा रंगशालामा उद्घाटन गर्दै उनले संविधान संशोधनतिर लाग्यौ भने देशमा तनाव उत्पन्न हुने र विदेशी हस्तक्षेप बढ्ने बताए ।

उनले संविधान कार्यान्वयनमा सवै राजनैतिक दल एकतावद्ध हुन आव्हान गर्दै उनले यसमा कसैले खुट्टा कमाउनु नहुने बताए । संविधान घोषणा गर्न सक्ने तर कार्यान्वयन गर्न किन नसक्ने उनको प्रश्न थियो । खेलले विदेशमा समेत नेपाललाई चिनाउने बताउदै खेलको विकासका लागि सरकारले लगानी थप्नु पर्ने बताए ।

कमेन्टहरु
Loading...