सामुहिक ल्होछार÷ल्होसार मनाउन समितिहरु गठन, ५० हजार सहयोग

पोखरा, २० मंसिर/विगतका वर्षहरुमा झै यसवर्ष पनि कस्केली तमु संघ संस्थाहरुले पुसको १६ गते पोखरामा सामुहिक च्ह्य ल्होछार÷ल्होसार मनाउन जुटेका छन् ।

सामुहिक ल्होछार÷ल्होसारको यस वर्षको संयोजकत्व तमु धिं नेपालकी अध्यक्ष कर्म तमुलाई जिम्मेवारी प्रदान गरे पश्चात आइतवार सम्पन्न कस्केली तमु संघ संस्थाहरुको बैठकले तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको संयोजकत्वमा मुल समारोह समिति सहित विभिन्न समितिहरु गठन गरेको छ । मुल समारोह समितिको सदस्यहरुमा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद कास्कीका अध्यक्ष दलबहादुर तमु, तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी तमु, बौद्ध अर्घौ सदनका अध्यक्ष क्या.भुवनसिं तमु, ङ्योए तमु धिं लेखनाथका अध्यक्ष मनबहादुर तमु, गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)का अध्यक्ष बेदबहादुर तमु(श्याम), तमु संचारकर्मी संघ नेपालका केन्द्रीय सचिव रोशनी तमु, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी तमु रहेका छन् ।

यसैविच तमु धिं युकेका पुर्व अध्यक्ष, एन आर एन युकेका अध्यक्ष मुच्छेत्र तमुलाई कार्यक्रममा स्वागत एवं सम्मान गरिएको थियो । युकेबाट छोटो घरबिदामा पोखरा आउने क्रममा तमु धिं नेपाल विदेश विभागकी प्रमुख समेत रहनु भएको तमु धिं नेपालकी प्रथम उपाध्यक्ष सरस्वती तमुको आमन्त्रणमा बैठकमा उपस्थित समाजसेवी मुच्छेत्र तमुलाई तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, तमु ह्युला छोजं धि कास्कीका अध्यक्ष दलबहादुर तमु, बौद्ध अर्घौ सदनका अध्यक्ष क्या.भुवनसिंह तमु, तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी तमु, ङ्योए तमु धिं लेखनाथका अध्यक्ष मनबहादुर तमु लगायतका बैठकमा सहभागीहरुले खादा लगाई स्वागत एवं सम्मान गर्नुभएको हो । उक्त अवसरमा उहाँले कस्केली तमुहरुले सामुहिक रुपमा ल्होछार÷ल्होसार मनाउने परम्पराले सबै तमुहरुलाई एकतावद्ध बन्न प्रेरित गरेको भन्नुहुदै सामुहिक ल्होछार÷ल्होसार भव्य सफलताको शुभकामना व्यक्त गर्नुहुदै आफ्नो तर्फबाट ५० हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको तमु धिं नेपालकी विदेश विभाग प्रमुख सरस्वती तमुले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...