बगर भाइखलकको भेट्रान फुटबललाई विदेशबाट सहयोग

पोखरा, २० मंसिर /छैठौ संस्करणको एस ओ एस बगर भाइखलक भेट्रान फुटवल प्रतियोगिताको तयारी तीब्र रुपमा अगाडी वढिरहेको छ । तयारी संगै प्रतियोगितालाई सहयोग आउने क्रम पनि जारी रहेको छ । आइतबार सम्म बगर भाइखलकले आयोजना गर्न लागेको फुटवल प्रतियोगितालाई हङकङबाट सुरज गुरुङ (मिकी)ले प्रथम पुरस्कार प्रायोजन गर्नका लागी ७५ हजार सहयोग आएको आयोजक बगर भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार दोश्रो पुरस्कारका लागी जापानबाट सौगात, प्रकाश, श्री गुरुङ लगायतले ५० हजार रुपैया सहयोग प्रदान गरेका छन । त्यसैगरी प्रतियोगितालाई सफल बनाउनका लागी लेखनाथ २ रिट्ठेपानीका बुद्ध गुरुङले २५ हजार रुपैया सहयोग गरेका छन । अन्य ब्याक्तिहरु पोर्चुगलका कमल गुरुङले एक सय युरो, पोर्चुगलबाटै सन्तोष गुरुङले १० हजार , हङकङबाट दिनेश शेरचन (डिसी)ले ५ हजार, नारायण सिंङ थापाले १० हजार, बसन्त गौचन, रमेश गुरुङ र बिनोद गुरुङले जनही ५ हजारका दरले प्रतियोगितालाई सफल बनाउन रकम प्रदान गरेका छन ।

प्रतियोगितालाई सफल बनाउनका लागी हालै इश्वर गुरुङको संयोजकत्वमा आर्थिक उपसमिती गठन समेत भएको छ । उक्त उपसमितीमा धनकुुमार गुरुङ (सन्तोष), (चक्र प्रसाद) खगेन्द्र गौचन, गणेश थापा, राजेश गुरुङ र जोन गुरुङ रहेका छन । उनीहरुले तीब्र रुपमा आर्थिक संकलन गरिरहेको पनि प्रतियोगिता संयोजक दिल बहादुर गुरुङले वताए । प्रतियोगितामा बगर भाइखलक युकेले सहप्रायोजक गरी बिषेश सहयोग गर्ने भएको छ । युके निबासी कमल गुरुङ, भानु गुरुङ (थकाली), चन्द्रमान गुरुङको विशेष सक्रियतामा सहयोग प्रदान गर्ने भएका हुन ।

यसैविच प्रतियोगिताको अवसरमा फुटवलमा योगदान दिएवापत पूर्व खेलाडी सम्मान समिती समेत गठन गरिएको छ । दिनेश श्रेष्ठको संयोजकत्वका गठित समितीमा पूर्व राष्ट्रिय खेलकुद परिषद सदस्य जयराम हमाल, कास्की जिल्ला खेलकुद बिकास समिती अध्यक्ष याम गुरुङ, तेक्वान्दो संघ नेपालका केन्द्रिय सल्लाहकार मदन केसी सदस्य रहेका छन । बि. सं. २०६८ देखि पूर्व खेलाडीलाई सम्मान सुरु गरेको बगर भाइखलकले २०६८ मा स्व. सुक बहादुर गुरुङ र मोतीमान शाक्य, ०६९ मा स्व. शिव शंकर रन्जित, ०७० मा (आनन्द) रन्जित, ०७१ मा शम्भु कार्की र ०७२ मा इन्द्र गौचनलाई सम्मान गरिसकेको छ । प्रतियोगिता पुष ६ गते देखि पुष ९ गते सम्म पोखरा १ बगर स्थित पुरानो टुडिखेलमा हुनेछ ।

कमेन्टहरु
Loading...