एनएमबि माइक्रोफाइनान्सले २५ प्रतिशत बोनश शेयर दिने

पोखरा, १९ मंसिर/एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७२÷०७३ को मुनाफावाट आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रु.छ लाख पाँच हजार दुई सय त्रिसट्ठी रुपैया नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट वित्तीय संस्थाका अध्यक्ष उत्तम भ्लोनले प्रस्तुत गरेको आ.व. २०७२÷०७३ को वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यसैगरी वित्तीय संस्थाको अधिकृत पूँजीलाई २० करोडबाट वृद्धि गरी ४० करोड पुर्याउने प्रस्ताव समेत पारित गरेको छ । वित्तीय संस्थाले चौथो साधारण सभाबाट पारित भएको बोनश र हकप्रद शेयर जारी गरेपश्चात वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी रु ११ करोड २७ लाख पुगेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एबम् नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले विकट हिमाली तथा पहाडी जिल्लाहरुको दुर्गम भेगमा शाखा स्थापना गरी त्यहाँका विपन्न समुदायहरुमा सेवा प्रदान गरेकोमा सो कामको प्रशंसा गर्दै आगामी दिनहरुमा अझ प्रगती हासिल गर्नको लागि शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा आर्थिक वर्ष २०७२÷०७३ को वार्षिक कार्यसम्पादन मुल्यांकनको आधारमा साहसी फिल्ड कर्मचारीको अवार्ड गलेश्वर शाखामा कार्यरत जुनियर फिल्ड अफिसर अन्जु चोखाल, उत्कृष्ट फिल्ड कर्मचारीको अवार्ड ज्ञादी शाखामा कार्यरत जुनियर फिल्ड अफिसर अन्जना श्रेष्ठ, उत्कृष्ठ शाखा प्रमुखको अवार्ड मनकामना शाखाका शाखा प्रमुख सरस्वती सिलवाल र उत्कृष्ठ शाखामा गोरखा जिल्ला स्थित मनकामना शाखालाई घोषित गरी प्रमुख अतिथि उपेन्द्र पौडेल र वित्तीय संस्थाको अध्यक्ष उत्तम भ्लोन लामाले संयुक्त रुपमा नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए ।

पोखरा २९ हेम्जामा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सले हाल देशका २५ वटा हिमाली र पहाडी जिल्लाहरुमा ५० वटा शाखा कार्यालयहरु स्थापना गरी ४२ हजार महिला सदस्यहरुलाई प्रत्यक्ष रुपमा लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । यस वित्तीय संस्थाको हाल करीव रु १ अर्व ११ करोड कर्जा लगानी र निक्षेप करीव रु २५ करोड रहेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले बताए ।

कमेन्टहरु
Loading...