मंसिर १९, पोखरा। पोखरा उद्योग बाणिज्यसंघ अन्तर्गत गठित महिला उद्यम विकास उपसमितिले १५ सदस्य सहित पूर्णता पाएको छ । पोखरा उद्योग बाणिज्य संघ कार्यसमिति सदस्य सिता बरालको संयोजकत्वमा बसेको बैठकले विभिन्न क्षेत्रका महिला उद्यमिको सहभागितामा समितीलाई पूर्णता दिएको हो । १५ सदस्यीय समितिको सह संयोजकमा गिता तिवारी र सदस्यहरुमा मिलन थापा, सोविता खड्का, संगिता पौडेल, दुर्गा अधिकारी,सांग्रिला मरासिनी, कल्पना आचार्य, नारायणी दवाडी, उर्मिला बस्नेत, कमला विक, शारदा भुजेल, पूर्ण शोभा गुरुगं, लक्ष्मी अधिकारी, राधिका योगी, शान्ति श्रेष्ठ जोशी रहेका छन् भने सल्लाहकारमा विश्व शंकर पालिखे, हिरा भट्टराई, विन्दु कोइराला रहेका छन् ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले महिला उद्यम विकास समितिका मनोनित सदस्यहरुलाई बधाई ज्ञापन गर्दै महिला उद्यमशिलताको विकासमा सक्रियता पूर्वक लाग्न आग्रह गरें । सोहि अवसरमा पालिखेले महिला उद्यमीद्धारा निर्मित हस्तकलाका सामान एवं विभिन्न उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार मेला महोत्सवमा पुर्याउन सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । महिला उद्यम विकास समितिका संयोजक सिता बरालले महिलाको व्यवसायिक हक हित र महिला उद्यमिद्धारा उत्पादित बस्तुको बजारीकरणका लागि समितिले सहजिकरण गर्ने बताइन् । साथै मंसिर २३ गते बाट आयोजना हुन लागेको पश्चिमाञ्चल व्यापार मेलालाई भव्य रुपमा सफल पार्न समिति आफ्नो जिम्मेवारी ठानेको बताइन् ।