पोखरामा सवारी चालक अनुमतिपत्र फारम लिदा लाठ्चिार्ज (भिडियो सहित)

शशी पौडेल
पोखरा, १९ मंसिर /लामो समय पछि पोखरामा खुलेको दुई पाङ्ग्रे सवारी चालक अनुमतिपत्रको फारम लिने क्रममा झडप भएको छ । गण्डकी यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पार्दीको कार्यालयमा लाइन लाग्नेक्रममा धकेला धकेल गरे पछि प्रहरीले लाठ्ीचार्ज गरेको छ ।

दशै पछि खुलेको अनुमति पत्रको फारमभर्न बिहानै देखि लामो लाइन लागेको थियो । आइतबार मात्रै गरि ३ हजार ६ सय जनाले टोकन लगेको गण्डकी यातायात व्यवस्था कार्यालय सवारी चाल अनुमतिपत्र कार्यालयका प्रमुख कृर्तनराज पौडेलले जानकारी दिए ।

उनले प्रत्येक हप्ता ३ सय जनाको लिखित र प्रयोगात्मक परिक्षा लिई अनुमतिपत्र दिने बताए । ३ हजार ६ सय जनाले फागुन १५ सम्ममा लिखित र प्रयोगात्मक परिक्षा दिइ सक्ने उनको भनाई थियो । उनले चार पाङगे सवारीको लागि मंगलबार आबेदन खुल्ला हुने बताए ।

कमेन्टहरु
Loading...