१५ औ आहा रारा गोल्ड कप माघको पहिलो साता

सागर राज तिमिल्सिना
पोखरा, १९ मंसिर/पोखरामा सञ्चालन हुने आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता माघको दोस्रो साता हुने भएको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा संचालन हुने १५ औं अन्तर्राष्ट्रि«य अन्तर क्लब आमन्त्रित नकाउट फुटवल प्रतियोगितामा माघ ४ गते देखि १५ गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

क्लबले आइतबार पोखरामा पत्रकार सम्मलन गरि प्रतियोगितामा विदेशी तीन सहित १२ टिमको सहभागिता जनाउने क्लबका अध्यक्ष विरभद्र आर्चायले जानकारी दिए । पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा विकास गर्ने उद्देश्यले हुदै आएको प्रतियोगितामा विदेशी तीन टिम, विभागिय तीन टिम आयोजक एक र राष्ट्रिय स्तरका उत्कृष्ट ५ क्लहरुको सहभागीता रहने क्वलका महासचिव केशव राज बरालले जानकारी दिए ।

प्रतियोगिता संचालन गर्न ८३ लाख ९२ हजार ३ सय रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने प्रतियोगिताको आम्दानी एक करोड ७ लाख ८२ हजार रुपैयाँ हुने अनुमान गरिएको क्लवका महासचिव बरालले बताए । हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउ प्रतियोगिताको मुख्य प्रायोजन रहेको छ । माइक्रो म्याक्स मोवाइल उप प्रयोजक रहेको प्रतियोगिताको संयोजन पोखरा उपमहानगर पालिकाले गर्ने छ ।

१५ औ आहा रारा गोल्ड कप माघको पहिलो साता
१५ औ आहा रारा गोल्ड कप माघको पहिलो साता
१५ औ आहा रारा गोल्ड कप माघको पहिलो साता
१५ औ आहा रारा गोल्ड कप माघको पहिलो साता
कमेन्टहरु
Loading...