घाचोक महोत्सवमा दर्शकको घुँईचो

पोखरा, १८ मंसिर/कास्कीको घाचोक गाविसमा शुक्रवारबाट सुरु भएको दोस्रो घाचोक महोत्सवको दोस्रो दिन शनिवार दर्शकको घुँइचो नै लाग्यो । विदाको दिन भएको कारणले पनि महोत्सवमा पोखरा तथा आसपासका गाविसहरुवाट समेत दर्शक महोत्सवको अवलोकन गर्न पुगेका थिए ।

परिर्वतनको लागि युवा सञ्जाल(युनेक) नेपालको आयोजनामा भएको महोत्सव २१ गतेसम्म सञ्चालन हुनेछ । घाचोक जाऔँ दुध र वदामका परिकारका साथमा रमाऔँ भन्ने नाराका साथ आयोजित महोत्सवमा बदाम किन्ने र बदामका परिकारहरु खान लाईनै लागेको थियो । महोत्सवमा रहेको बदाम र वदामका परिकाहरु भएको स्टलहरुमा दर्शकहरुको विशेष आकर्षण रहेको थियो ।

शनिवार चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले दर्शकलाई मनोरञ्जन दिएका छन् । उनले झण्डै आधा दर्जन गितहरु गाएर दर्शकहरुलाई छमछम नचाएका थिए । त्यस्तै दोहोरी गायक चोलेन्द्र पौडेल, सन्तोष सुवेदी, रामजी पौडेल, माया गुरुङ्गले आआफ्नो प्रस्तुती राखेका थिए । शनिवारनै खुल्ला रत्यौली प्रतियोगिता समेत भएको आयोजक संस्थाका अध्यक्ष मौसम कार्कीले जानकारी दिए ।

आईतवार लोक दोहोरी गायक जिवन दाहाल, राजु परियार, तुलसा जिसी, लगायतका कलाकारको प्रस्तुती रहने आयोजक परिर्वतनको लागि युवा सञ्जाल(युनेक) नेपालका उपाध्यक्ष विजय लम्सालले जानकारी दिए । महोत्सवको शुक्रवार वाणिज्य मन्त्री रोमी गौचन थकालीले उद्घाटन गरेका थिए ।

कमेन्टहरु
Loading...