ढिकुरपोखरीलाई पोखरा महानगरमा समाबेस गरीनुपर्नेमा जोड

पोखरा, १८ मंसिर /ढिकुरपोखरी गाबिसलाइ ग्रेटर पोखरा अन्तगत समेटीनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
ढिकरपोखरी समाज पोखराद्धारा आयोजीत अन्तरक्रियाका सहभागीहरुले धारणा राखेका हुन ।

समाजका अध्यक्ष लालबहादुर कुवरको अध्यक्षातामा भएको अन्तरक्रियामा पुृर्ब जिबिस सभापती तथा नेकपाएमालेका नेता पुण्य प्रसाद पौडेलले फेवाताल जलाधार सरक्षण क्षेत्रको उद्गम स्थल नेै ढिकुरपोखरी गाबिस तथा पञचासे भएकोले ग्रेटर पोखरामा समाबेस गरीनु पर्नेमा जोड दिए । ढिकरपोखरी समाजका पुर्ब सल्लाहाकार एब प्रध्यापक डा गिरधारी दाहालले राजनीतिक दलहरुले समयमा नै बिचार नपुरयाउदा ढिकुरपोखरी गाबिसमा बिबाद बढेको बताउदै ढिलै भएपनि गाबिसलाइ पोखरामा गाभन राजनीतिक नेतृत्वले पहल गर्नुृ पनेृमा जोड दिए ।

अन्तरकृयामा समाजका सल्लाहकार आशबहादर गरुङ, लोकराज भण्डारी, युबराज अधिकारी , घनश्याम पौडेल, चन्द्रकान्त पौडेल, समाजका उपाध्यक्ष बिष्णु अधिकारी , नेपाली काङग्रेशका भरतजङग कुवर, समाजका सदस्य मनपती अधिकारी,ढिकुरपोखरी शहकारी सस्थाका अधयक्ष इन्द्र पौडेल, समाजका पुर्ब अधयष्क्ष रामचन्द्र पौडेल लगायतले सबै प्रकारका पुर्बाृधारले पुर्ण भएको हुनाले ढिकरपोखरी गासिलाइ ग्रेटरपोखरा महानगरमा गाभीनु पर्नेमा जोड दिएका थिए ।

सो अबसरमा उपस्थित सबै सहभागहिरुले ढिकुरपोखरी गाबिसलाइ पोखरा उपमहानगर पालिकामा गाभनुपर्ने भन्दै सर्बसम्मत मत दिउका हुनाले ढिकुरपोखरी गाबिसलाइ ग्रेटर पोखरा अन्तर्गत पोखरा महानगरमा समाबेश गर्ने निर्णय गरीएको र उक्त निर्णयको प्रतिलिपी जिल्ला बिकास समितिको राज्य पुर्नसरचना समिति तथा आयोगमा पठाउने निर्णय गरीएको समाजका अधयक्ष लालबहादुर कुवरले बताए ।

कमेन्टहरु
Loading...