पोखरामा नाटक “एक रुपैयाँ”को मञ्चन सम्पन्न,दर्शकको उल्लेख्य सहभागीता

कृष्ण आचार्य/ पोखरा १८ मंसिर ।पञ्चामृत नाट्य समुह पोखराको तेस्रो प्रस्तती नाटक एक रुपैयाँको पोखरामा मञ्चन सम्पन्न भएकोे छ । शुक्रबार र शनिबार गरी दुई दिन पोखरा उधोग बाणिज्य संघको सभाहलमा नाटक एक रुपैयाँको मञ्चन गरीएको हो । शुक्रबार एक शो र शनिबार बिद्यार्थी शो सहित गरी नाटक तिन शो मा मञ्चन गरीएको थियो । करिब डेढ घण्टा लामो नाटकको तिन शो मा नै दर्शकको उल्लेख्य साथ रहेको थियो । नाटकको बिच बिचमा दर्शकले ताली बजाएका थिए भने कथा भाबुकतामा अगाडी बढेसंगै हलमा केही समय सन्नाटा छाएको थियो । नाटकको कथामा भाबुक बनेका केही दर्शक सुक सुकाउँदै आँशु पुछी रहेका देखिन्थे ।

नाटक ‘एक रुपैयाँ’ मञ्चन
नाटक ‘एक रुपैयाँ’ मञ्चन

नाटक समापन पछी बोल्दै नाटकका संयोजक तथा पञ्चामृत नाट्य समुहका अध्यक्ष परिबर्तनले नाटकका तिनै शो सफल भएको दाबी गदै आफुहरुमा दर्शकको उत्साह जनक सहभागीताले थप हौसला बढेको प्रतिक्रिया दिए ।उनले भने “ पञ्चामृत नाट्य समुह पोखराका हरेक नाटकमा दर्शकको राम्रो सहभागीता पाउँदै आएको र बिगत एक दशक देखी सुस्ताएको पोखरेली रंगमञ्चलाई चलाएमान बनाउन थप उत्साह थपिएको छ ।” नाटकका लेखक तथा निर्देशक कृष्ण उदासीले नाटकमा दर्शकको सहभागीता र साथ राम्रो पाएकोले यस क्षेत्रमा नै केही गर्नु पर्छ भन्ने उत्साह थपिएको बताए ।उनले अगामी दिनमा पनि नाट्य क्षेत्रलाई माथि उकास्न लागी रहने प्रतिबद्धता ब्यक्त गरे ।

पोखरामा क्रियाशिल नाट्य संस्था पंचामृत नाट्य समुहले मञ्चन गरेको नाटकमा एक रुपैयाँमा पैसाको महत्वलाई कलात्मक प्रस्तृत गरीएको थियो । एक रुपैयाँका कारण घर छोड्न बाध्य नाटककी पात्र बबीलाई खोज्न शहर झरेका बबिका प्रेमी र भाइको कथा संगै सुरु भएको नाटकमा पैसा कै लागी जे पनि गर्न तयार हुने युवतीहरु र मनोरञ्जनका लागी लाखौँ खर्च गर्ने शहरीया युवाहरुलाई प्रस्तुत गर्न खोजीएको छ । नाटकका केही नयाँ र अधिकांश पुराना कलाकारहरुको अभिनय देख्न सकिन्थ्यो ।

कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको नाटक एक रुपैयाँमा दिल प्रसाद गुरुङ, परिवर्तन, सवु पाठक, सितला अधिकारी, आशिष अधिकारी, रमेशबाबु तिमल्सिना, विवश बाबु, निलम तामाङ, ममता कार्कीको अभिनय रहेको थियो । नाटकको सह–निर्देशन विष्णु प्रसाद गौतमले गरेका थिए भने प्रबन्धकमा उज्वल रेग्मी रहेका रहेका थिए । हेमन्त हितेषीले मञ्च व्यवस्थापन गरेको नाटकमा भेषभुषा र श्रृंगार दिपकमान उदास र कोरीयोग्राफि निलम तामाङको रहेको थियो । नाटकको संगित संयोजन दिल प्रसाद गुरुङ्ग र सुजित मान सुनारले गरेका थिए भने नाटकको उद्घघोषकको बिष्णु बसौलाले गरेका थिए ।

यस अघि पञ्चामृत नाट्य समुहले गत बैशाखमा नाटक पुलिस र प्यास मञ्चन गरेको थियो भने भदौमा नाटक मौसम हराएको देश सफलता पुर्बक मञ्चन गरेको हो । समुहले छिटै नै पोखरामा अर्को नाटक पनि मञ्चन गर्ने तयारी गरेको जानकारी दिइएको छ । पञ्चामृत नाट्य समुहले पोखरामा नाटकघर निर्माण गर्ने लक्ष्य पनि राखेको छ ।

कमेन्टहरु
Loading...