पोखरामा तारा खेल सुरु

फाइल तस्विर

पोखरा, १७ मंसिर/अमरसिंह प्रिमु लालचन स्मृति प्रतिष्ठानको आयोजनामा पोखरामा अमरसिंह लालचन स्मृति रनिङ्ग सिल्ड तारा खेल प्रतियोगिता सुरु भएको छ । ६ दिनसम्म चल्ने प्रतियोगितामा देशभरबाट १३ टीमको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद ७६ हजार रुपैया प्रमाणपत्र र मेडल प्राप्त गर्ने छ । त्यसै गरि दोस्रो र तेस्रो हुनेले नगद ३५ हजार र १८ हजार रुपैया मेडल र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको वाणिज्य मन्त्री रोमी गौचन थकालीले उद्घाटन गरे । उनले थकालीहरुको पहिचान प्रवद्र्धन गर्ने एक मात्र तारा खेल भएको वताए । उनले विगतमा थकालीहरुमा मात्रै सिमित खेल अहिले सवै जनजातीहरुले पनि खेल्न शुरु गरेकोले यसलाई अब राष्ट्रियस्तरको खेलको रुपमा मान्यता दिनु पर्नेमा जोड दिए ।

उनले पर्यटन प्रवद्र्धनमा मुस्ताड र पोखरा वीच अन्योन्याश्रित सम्वन्ध रहेको उल्लेख गर्दै ऐतिहासिक धार्मिकस्थल मुक्तिनाथ मन्दिरकै कारण अहिले पनि पोखराको पर्यटन व्यवसाय फस्टाउंदै गएकोमा सन्तोष व्यक्त गरे ।

मन्त्री थकालीले जोमसोम कोराला वीच वाटोको अव छिट्टै निर्माण सम्पन्न हुने दावी गर्दै हिमालदेखि तराई जोड्ने यो वाटो पूरा भएपछि यस क्षेत्रको विकासमा थप टेवा पुग्ने धारणा राखे ।

कमेन्टहरु
Loading...