पोखराको नेपाल- भारत मैत्री विद्यालय अनिश्चिकालका लागि बन्द

सागर राज तिमिल्सिना
पोखरा, १७ मंसिर/पोखराको रामबजारमा रहेको नेपाल -भारत मैत्री विद्यालयमा आज विद्यार्थी संगठन र अभिभावकहरुले ताला बन्दी गरेका छन् । यस वर्ष कक्षा दशबाट पास भएका विद्यार्थीले कक्षा ११ मा पढ्न नपाए पछि विद्यार्थी संगठन र अभिभावक आन्दोलीत भएका हुन् । कास्कीका सात विद्यार्थी संगठन तथा अभिभावकहरुले विद्यालयको मुलगेटमा ताला लगाएर बन्द गरेका हुन् । नेपाल भारत मैत्री विद्यालयमा भारतीय बोर्डको पढाइ हुदै आएको छ ।

विद्यार्थीको भविस्य अन्यौलमा परे पछि विद्यालय बाध्य भएर बन्द गर्नु परेको अभिभावकले बताएका छन् । विद्यलयले नेपाल सरकारको नियम अनुसार नविकरण नगर्दा विद्यार्थीहरुको भविष्यनै अन्यौलमा परेको हो । गत सालको भारतको केन्द्रिय सिविएसई वोर्ड अन्तर्गत परिक्षा दिएर कक्षा ११ अध्ययनरत ५४ जनाको समकक्षता प्रमाणपत्र नहुँदा उनीहरुको भविष्य अन्यौलमा परे पछि आन्दोलन नै गर्नु पर्ने परेको अनेरास्वयु कास्की अध्यक्ष शेखर गौतमले बताए ।

पोखराको नेपाल- भारत मैत्री विद्यालय अनिश्चिकालका लागि बन्द
पोखराको नेपाल- भारत मैत्री विद्यालय अनिश्चिकालका लागि बन्द

विद्यार्थीको इकयुभ्यालेन्ट प्रमाणपत्र नभएको भन्दै विद्यालयले कक्षा ११ को रजिस्टे«सन नलिएको विद्यार्थीहरुले बताए । विद्यालयले २०१३ देखि नविकरण गरेको छैन । अघिल्लो वर्षमा पास भएका विद्यार्थीले इकयुभ्यालेन्ट प्रमाणपत्र पाए पछि पढेरहेका छन् ।

पीडित अभिभावक संघर्ष समितिका अध्यक्ष तुल बहादुर ठकुरी, अनेरास्ववियु कास्की अध्यक्ष शेखर गौतम, नेविसंघ केन्द्रीय सदस्य भानु ढकाल, अखिल क्रान्तिकारी कास्की अध्यक्ष नारायण वडाल लगाएतले नवीकरण भइ विद्यार्थीले समकक्षता प्रमाणपत्र नपाउने बेलासम्म विद्यालय बन्द हुने र आन्दोलनका कार्यक्रम शसक्त पार्ने बताए ।

पोखराको नेपाल भारत मैत्री विद्यालय शुत्रबार देखी बन्द गराउने
पोखराको नेपाल भारत मैत्री विद्यालय शुत्रबार देखी बन्द गराउने
कमेन्टहरु
Loading...