संविधान संशोधनको प्रस्ताव फिर्ता लिन माग गर्दै एमाले कास्कीको प्रर्दशन

सागर राज तिमिल्सिना
पोखरा, १७ मंसिर/नेकपा एमाले कास्कीले सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्ताव फिर्ता लिन माग आज पोखरामा प्रर्दशन गरेको छ । पोखराको सभागृहचोक देखि मानवअधिकार चोकमा जुलुस सहित एमालेले प्रर्दशन गरेको हो ।

प्रस्ताव नेपाली जनताको पक्षमा नरहेकाले त्यसलाई फिर्ता लिन सरकारलाई दबाब दिने उद्देश्यले प्रर्दशन गरेको एमालेका नेताहरुले बताएका छन् । उनीहरुले हिमाल पहाड तराई कोहि छैन पराइ, प्रदेश फुटाउन पाइदैन, राष्ट्रघाती संम्सोधन फिर्ता गर लगाएका नारा लागएका थिए । कोष सभामा एमालेका नेताहरुले संबोधन गर्दै प्रस्तावले पहाड र तराईका जनताबीचको एकतालाई फुटाउने खजेको भन्दै कुनै पनि हालतमा संसोधन हुन नहुने बताए ।

सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न सीमाङ्कन, नागरिकता, राष्ट्रियसभामा समावेशी प्रतिनिधित्व र भाषाको विषयलाई संशोधन गर्न प्रस्ताव दर्ता गरे पछि एमाले लगाएतका पार्टिहरु आन्दोलनमा उत्रिएका छन् ।

 संविधान संशोधनको प्रस्ताव फिर्ता लिन माग गर्दै एमाले कास्कीको प्रर्दशन

संविधान संशोधनको प्रस्ताव फिर्ता लिन माग गर्दै एमाले कास्कीको प्रर्दशन
 संविधान संशोधनको प्रस्ताव फिर्ता लिन माग गर्दै एमाले कास्कीको प्रर्दशन

संविधान संशोधनको प्रस्ताव फिर्ता लिन माग गर्दै एमाले कास्कीको प्रर्दशन
कमेन्टहरु
Loading...