पोखराको नेपाल- भारत मैत्री विद्यालय शुक्रबार देखी बन्द गराउने

पोखरा, १७ मंसिर/पोखराको रामबजारमा रहेको नेपाल भारत मैत्री विद्यालय आज शुक्रबार देखि बन्द गराउने विद्यार्थी संगठन र अभिभावकहरुले चेतावनी दिएका छन् । यस वर्ष कक्षा दशबाट पास भएका विद्यार्थीको भविस्य अन्यौलमा परे पछि विद्यार्थी संगठनको अगुवाइमा विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।

विद्यलयले नेपाल सरकारको नियम अनुसार नविकरण नगर्दा विद्यार्थीहरुको भविष्यनै अन्यौलमा पर्ने भए पनि आन्दोलन सहित विद्यालय बन्द सम्मको कार्यक्रम अगाडी बढाएको अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले बताए । विद्यार्थी संगठनहरुले बिहीबार अभिभावकहरुलाई शुक्रबार देखि विद्यालयमा तालावन्दी बन्द गराउन भेला गराएका थिए । भेलाबाट अभिभावकहरु विद्यालय नै बन्द अगाडी बेढेका हुन् ।

गत सालको भारतको केन्द्रिय सिविएसई वोर्ड अन्तर्गत परिक्षा दिएर कक्षा ११ अध्ययनरत ५४ जनाको समकक्षता प्रमाणपत्र नहुँदा उनीहरुको भविष्य अन्यौलमा परे पछि आन्दोलन नै गर्नु पर्ने अवस्था आएको विद्यार्थीहरु बताउछन् । विद्यार्थीको इकयुभ्यालेन्ट प्रमाणपत्र नभएको भन्दै रजिस्टे«सन नलिएको विद्यार्थीहरुले बताए । मंगलबार विद्यार्थी संगठनहरुले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यार्थी र अभिभावक भविष्य अन्योलमा परेको विद्यार्थीहरुले बताए । विद्यालयले २०१३ देखि नविकरण गरेको छैन । अघिल्लो वर्षमा पास भएका विद्यार्थीले इकयुभ्यालेन्ट प्रमाणपत्र पाए पछि पढेरहेका छन् ।

कमेन्टहरु
Loading...