मा.वि. स्तरिय नृत्य प्र्रतियोगिताबाट संकलित एक लाख बालगृहलाई

पोखरा, १७ मंसिर /पोखराको सिमलचौरमा रहेको लिटिल स्टेप उच्च मावि र पोखरा लिंकन कलेजले बालगृह सञ्जाल कास्कीलाई एक लाख ५ हजार रुप्रया सहयोग प्रदान गरेका छन । शिक्षा दिवसको अवसरमा गत भदौ २३ गते आयोजना गरेको उच्च मा.वि. स्तरिय नृत्य प्रतियोगिताबा संकलित एक लाख ५ हजार रुपैया प्रदान गरिएको हो ।

बिहीबार पोखरा लिंकन कलेजमा आयोजित कार्यक्रममा पोखरा लिंकन कजेजका टी एन शर्मा, लिटिल स्टेपका संस्थापक र प्रिन्सिपल शेर बहादुर गुरुङ र पम्फा गुरुङ, बाल गृह सञ्जाल स्वीजरल्याण्का उपाध्यक्ष पिटर भिटरले बाल गृह सञ्जाल नेपालका केन्द्रीय उपाध्यक्ष गोमा ढकाल र कास्की अध्यक्ष राजेन्द्र गौतमलाई एक लाख ५ हजार रुपैया बरावरको चेक हस्तान्तरण गरेका हुन ।

सो समारोहमा वोल्दै बालगृह सञ्जाल नेपालका केन्द्रिय उपाध्यक्ष गोमा ढकालले बिद्यालयले आयोजना गरेको कार्यक्रमबाट संकलित रकमबाट बालगृहलाई सहयोग गरी ठूलो गुन लगाएको वताए । उनले यस्ता क्रियाकलापले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई सहयोग गर्ने भावनामा अभिबृद्धि हुने समेत उनको भनाइ रहेको थियो ।

सो अवसरमा वोल्दै लिटिल स्टेप उच्च माबिका संस्थापक तथा प्रिन्सिपल पम्फा गुरुङले बिद्यालयले आयोजना गरेको उच्च माबि स्तरको नृत्य प्रतियोगिताबाट संकलित रकमबाट बालगृह सञ्जाललाई सहयोग गर्न पाउदा निकै खुसी लागेको वताइन ।

कमेन्टहरु
Loading...