प्रधानमन्त्री कृषि परीयोजना कृषि क्रान्तीको रोड म्याप हो -मन्त्री तामाङ

पोखरा, १७ मंसिर/कृषि विकास राज्य मन्त्री राधिका तामाङले प्रधानमन्त्री आधुनिक कृषि परियोजना कृषि क्रान्तीको रोड म्याप भएको बताउनु भएको छ । पोखरामा कृषिको प्रथम चौमासीक समिक्षा गोष्ठीको उद्घाटन गर्दे मन्त्री तामाङले सो कुरा बताउनु भयो ।

उहाले कृषि कार्यलयले के गर्देछ भन्ने कुरा किसान लाई जानकारी हुनु पर्ने भन्दै कर्मचारी लाई ठिक ढंगले कामगर्न निर्देशन दिनु भयो । उहाले किसान पेन्सन योजनाको लागि गृहकार्य भइरहेको भन्दै किसान पेन्सन योजना छिट्टै आउने बताउनु भयो । मन्त्री तामाङले कृषि कार्यलयमा बारम्बार आइरहने किसान नहुन पनि सक्छन् भन्दै बास्तबीक किसानकोमा पुग्न समेत कर्मचारीहरु लाई आग्रह गर्नुभयो ।

कागजमा भन्दा फिल्ड बाट कृषि देख्न सकिने भन्दै उहाले आफुअहिले किसानको खेतबारीमै पुगेर किसानको समस्या बुझ्ने गरेको पनि बताउनु भयो । प्रथम चौमासीकमा देखीएको समस्या दोश्रो चौमासीकमासमाधान भए मात्रै समिक्षाको बास्तीक अर्थ हुने बताउनु भयो । क्षेत्रीय प्रसासक खगराज बरालले कृषि क्षेत्रमा भएको लगानी देखिने ठाउमा हुनु पर्ने बताउनु भयो । कृषिनै मुख्य आधार भएकोले सवैको ध्यान कृषिमा जान जरुरी भएको बताउनु भयो ।

कृषि मन्त्रालयका सह सचिव एवं प्रबक्ता योगेन्द्र कुमार कार्कीले प्रधानमन्त्री आधुनिक कृषि परियोजनामा ७ वटा प्रदेशमा २१ सय पकेट क्षेत्र, १५० ब्लक, ७ वटा सुपरजोन लगायतका कार्यक्रम रहेको बताउदै परियोजनको लागि एक खर्ब ३० अर्ब बजेट रहेको बताउनु भयो ।कृषिमा परिवर्तन ल्याउन सरकारले ठुलो लगानी कृषिमा गर्नलागेको बताउनु भयो ।

कमेन्टहरु
Loading...