बालबालिका र महिलालाई सहयोग गर्न दुई लाख बढिको अक्षयकोष

पोखरा, १६ मंसिर /लायन्स क्लब अफ पोखरा व्युटी सिटीले २ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । असहाय तथा अशक्त बालबालिका तथा अशक्त महिलाहरुको सहयोगार्थ अक्षयकोष स्थापना गरिएको क्लबकी अध्यक्ष चिनु गुरुङले जानकारी दिइन् ।

अक्षयकोषका लागि ट्रम्स्स फाउण्डेसन युकेले आर्थिक सहयोग गरेको हो । अक्षयकोषमा रहेको रकमबाट प्राप्त व्याजलाई वार्षिक रुपमा छात्रबृति स्वरुप प्रदान गरिनेछ । बिहीबार एक कार्यक्रमबाीच अक्षयकोष स्थापना गरिएको हो ।

क्लबका अध्यक्ष चिनु गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका स्कुल सपोर्ट कमिटि चियरपर्सन उत्तममान बुद्धाचार्यले सामाजिक भावनाका साथ अक्षयकोष स्थापना गर्नु क्लबको प्रशंसनीय कार्य भएको धारणा राखे ।

कार्यक्रममा डाइबेटिक अवेरनेस कमिटि चियरपर्सन तीर्थलाल श्रेष्ठ, ट्रम्स्स फाउण्डेसन प्रतिनिधि टीना थापा, क्लबका प्रथम उपाध्यक्ष सीता केसी, कोषाध्यक्ष सबी शेरचन, सहसचिव विष्णुकमारी आचार्य बास्तोला लगायतले बोलेका थिए । फाउण्डेसनका टीना थापा, रत्न कायश्थ, चञ्चला श्रेष्ठ, मुना बस्नेत र सरस्वती आलेले अक्षयकोषका लागि आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष गुरुङले जानकारी दिइन् ।

कमेन्टहरु
Loading...