केसीको जिवन रक्षाको माग गर्दै पोखरामा प्रर्दशन

सागर राज तिमिल्सिना
पोखरा, १६ मंसिर /आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको माग राख्दै स्वास्थ्यकर्मीहरुले पोखरामा मौन जुलुस निकालेका छन् ।

नेपाल चिकित्सक संघ गण्डकीको आयोजनामा मौन जुलुस निकालेको हो । पोखराको रानीपौवाबाट निस्केको जुलुज महेन्द्रपुल हुदै मानवअधिकार चोकमा पुगेर कोषसभामा परिणत भएको थियो ।

नेपाल चिकित्सक संघ गण्डकीका पुर्व अध्यक्ष डा. लुमेश्वर आर्चायले डा केसीको स्वास्थ्य नाजुक अवस्थामा पुगिसक्दा पनि सरकारले बेवास्था गरेकाले आफुहरु आन्दोलनमा उत्रिन परेको बताए । उनले छिटो भन्दा छिटो केसीका माग पुरा गर्न सरकार संग आग्रह गरे ।

त्यसै गरी नेपाल चिकित्सक संघ गण्डकीका उपाध्यक्ष डा. राजन शर्माले माग पुरा नभए अझ ससक्त आन्दोलन गर्ने चेतावनी दिए । जुलुस अगाडी पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा १ घण्टा धर्ना दिएको मेलानका शंकर भण्डारीले जानकारी दिए । कार्यक्रममा ल्याबोटरी एशोसियसन अफ नेपाल र टिम रेडियोलोजीस्टको पनि सहभागीता थियो ।

केसीको जिवन रक्षाको माग गर्दै पोखरामा प्रर्दशन
केसीको जिवन रक्षाको माग गर्दै पोखरामा प्रर्दशन
केसीको जिवन रक्षाको माग गर्दै पोखरामा प्रर्दशन
केसीको जिवन रक्षाको माग गर्दै पोखरामा प्रर्दशन
कमेन्टहरु
Loading...