भदौरेमा तमु ल्होसार भदौरे–पञ्चासे महोत्सव हुने

पोखरा, १५ मंसिर /भदौरे क्लवको आयोजनामा कास्कीको भदौरेमा पुषको पहिलो साता तमु ल्होसार भदौरे–पञ्चासे महोत्सव तथा विविध खेकलुद एवं साँस्कृतीक कार्यक्रम २०७३ हुने भएको छ । पुषको ५ देखि १० गते सम्म महोत्सवमा फुटवल, भलिवल, खुल्ला एकल नृत्य प्रतियोगिता, घैटो फुटाउने, ठेलो, रस्साकसि, महिला मेच घुमाई प्रतियोगिता लगायत विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु हुने आयोजक क्लवका अध्यक्ष जिवन गुरुङ्गले जानकारी दिए ।

महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको पुरुष फुटवल प्रतियोगिताको विजेताले नगद रु ४४ हजार ४ सय ४४ रुपैयाँका साथमा ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरि दोश्रो हुने टिमले नगद ३३ हजार ३ सय ३३ का साथमा कप, मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने बताइएको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक, मिडफिल्डर, स्ट्राइकर र गोलकिप्परलाई पनि छुट्टाछुट्टै रुपमा पुरस्कृत गरिने छ भने क्वाटरफाइनल देखिका सबै खेलमा म्यान अफ द म्याचको पुरस्कार पनि दिइने खेल संयोजक सन्तोष गुरुङ्गले जानकारी दिए ।

त्यस्तै पुरुष भलिवल प्रतियोगितातर्फ प्रथमलाई नगद ३० हजार द्धितियलाई नगद २० हजार तथा ट्रफि मेडल पुरस्कार दिइने छ भने क्वाटरफाइनल पछिका सबै खेलको म्यान अफ द म्याचलाई पनि पुरस्कृत गरिने संयोजक गुरुङ्गले बताए । उत्कृष्ट डिफेण्डर, लिफ्टर, स्पाइकर, ब्लकरलाई पनि छुट्टाछुट्टै रुपमा पुरस्कार दिइने छ ।

साँस्कृतीक कार्यक्रमतर्फ चर्चित तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने क्लवले जनाएको छ । दोहोरि तथा कन्सर्ट लगाएत आकर्षण रहने महोत्सवमा खुल्ला एकल नृत्य प्रतियोगितामा प्रथमले नगद रु ७ हजार, द्धितियले नगद ४ हजार तथा सान्त्वनाले एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । महोत्सव सम्पन्न गर्न झण्डै ९ लाख रुपैयाँ खर्च लाग्ने क्लवले जनाएको छ ।

कमेन्टहरु
Loading...