औद्योगिक व्यापार मेलामा झाँक्री नाच्ने !

पोखरा, १५ मंसिर । राष्ट्रिय औद्योगिक व्यापार मेला, २०७३ मा ‘झाँक्री’हरु नाच्ने भएका छ । मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म आयोजना हुने मेलाको अवसरमा आयोजना हुनपर्यटन मैत्री बनाउन तथा नेपाली जनजातिको संस्कृतिबारे विदेशी पर्यटकहरुलाई जानकारी दिन मेलामा झाँक्री नचाउने व्यवस्था मिलाइएको हो ।
मेलाअन्तर्गत मंसिर २६ गते प्रदर्शनी केन्द्रमा झाँक्री मात्र नभएर नेवारी संस्कृति अन्तर्गतको तायमचाः र लाखे नाच, गुरुङ समुदायको घाँटुसहित तामाङ सेलो र पश्चिमाञ्चल क्षेत्रमा पाइने अन्य जनजातिहरुको भेषभुषा र संस्कृति समेत प्रदर्शन गरिने कार्यक्रमका संयोजक ज्याक तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेलाको अवसरमा पोखरामा रहेका आन्तरिक पर्यटकहरुलाई मेला परिसरमै आमन्त्रण गरी नेपाली संस्कृतिबारे जानकारी दिन सो कार्यक्रम आयोजना गरिएको हो । पोखरामा रहेका  विदेशी पर्यटकहरुल अध्ययन अवलोकनको कार्यक्रमअन्तर्गत  नेपालका विभिन्न जनजातिको  मौलिक संस्कृति झल्कने झाँकी तथा नाचहरु प्रदर्शन उहाँले बताउनुभयो ।
 नेपाल घुम्न आउने पर्यटकहरुले एउटै थलोमा नेपाली संस्कृतिका विभिन्न झलकहरु हेर्नुका साथै ती संस्कृतिबारे जानकारी बटुल्ल सकून् भन्ने उदेश्यले नै मेलामा ती कार्यक्रमहरु समावेश गरिएको हो । पोखरामा रहेका पर्यटकहरुलाई सो दिन बिहान ११ बजे हल्लनचोकबाट बसमार्फत प्रदर्शनी केन्द्र ल्याउने व्यवस्था समेत मिलाइएको छ । बढीभन्दा बढी विदेशी पर्यटकहरुलाई मेलामा सहभागी गराउनकै लागि शुक्रबार लेकसाइडमै पर्यटन व्यवसायीहरुबीच बृहत छलफल कार्यक्रम आयोजना गरिएको समेत उहाँले बताउनुभयो ।
सरकारले घोषणा गरेको ‘ नेपाल घुमफिर वर्ष २०७३’ लाई सफल बनाउन तथा संघले परिकल्पना गरेको  शिक्षा, स्वास्थ्य पर्यटन र कृषिको सहर पोखरालाई व्यवहारमा रुपान्तरण गर्न यो कार्यक्रम फलदायी हुने संघका महासचिव दामु अधिकारीले दावी गर्नुभयो ।
कमेन्टहरु
Loading...