नेपाल–भारत मैत्री विद्यालय नवीकरण नहुदा विद्यार्थीको भविष्य अन्योलमा

पोखरा, १५ मंसिर /पोखराको भारती पेन्सन क्याम्पले सञ्चालन गरेको नेपाल – भारत मैत्री विद्यालयले नविकरण नगर्दा विद्यार्थीको भविष्य अन्योलमा परेको छ । कक्षा १० पास गरेका विद्यार्थीलाई उच्च शिक्षा पढ्न रजिस्टे«सन फारम नलिँदा ५४ जना विद्यार्थीको भविष्य अन्योलमा परेको हो ।

विद्यार्थीको इकयुभ्यालेन्ट प्रमाणपत्र नभएको भन्दै रजिस्टे«सन नलिएको विद्यार्थीहरुले बताए । मंगलबार विद्यार्थी संगठनहरुले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यार्थी र अभिभावक भविष्य अन्योलमा परेको विद्यार्थीहरुले बताए । विद्यालयले २०१३ देखि नविकरण गरेको छैन । अघिल्लो वर्षमा पास भएका विद्यार्थीले इकयुभ्यालेन्ट प्रमाणपत्र पाए पछि पढेरहेका छन् ।

पोखरामा सक्रिय रहेका विभिन्न विद्यार्थी संगठनले विद्यालयलाई ४८ घण्टा भित्र समस्या समाधान गर्न अल्टिमेटम दिएको छ । विद्यार्थीहरुको आवश्यक मान्यताको व्यवस्थ गर्न अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले माग गरे । भविष्यमाथि खेलवाड गर्न खोजिएमा जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने नेपाल विद्याथी संघका केन्द्रिय सदस्य भानु ढकालले बताए । ४८ घण्टामा माग पुरा नभए विद्यालय बन्द गरे विद्यार्थीलाई अन्य विद्यालयमा व्यवस्थापन गर्ने विद्यार्थी नेताहरुले बताएका छन् ।

कमेन्टहरु
Loading...