तीन महिने बिद्युत जडान तालिम सुरु

पोखरा , १४ मंसिर।पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय मुक्तिनाथ वाहिनीमा तीन महिने बिद्युत जडान तालिम सुरु भएको छ ।श्रम तथा रोजगार मन्त्रालय ब्यवसायीक तथा सीप विकास तालिम केन्द्र पोखराको सहयोगमा मुक्तिनाथ वाहिनीद्धारा आयोजित तालिमको आज सशस्त्र प्रहरी नायव महानिरिक्षक नरेन्द्र कुमार सिंहले उद्घाटन गरे । सिंहले तालिमबाट सिकेका सीप जागिरे जीवनको साथै जागिरबाट अबकाश लिएपछि पनि काममा आउने भएकाले महत्वपूर्ण रहेको बताए ।apf

तालिम केन्द्र पोखराका प्रमुख तीलकराम रिजालले तालिमबाट प्रप्त हुने प्राविधिक ज्ञानले आय आर्जनमा पनि सघाउने विश्वास ब्यक्त गरे । सशस्त्र प्रहरी उपरिक्षक मान बहादुर रजालीले तालिम फलदायी हुने विश्वास ब्यक्त गर्दै सक्रियताका साथ सहभागि हुन निर्देशन दिए । तालिममा नेपाली सेनाका पाँच तथा सशस्त्र प्रहरी वल मुक्तिनाथ वाहिनी अन्तर्गतका विभिन्न गण तथा गुल्मका गरी ३० जनाको सहभागिता छ । सशस्त्र प्रहरी कर्मचारीलाई लक्षित गरी पोखरामा आयोजना गरिएको यो पहिलो तालिम हो ।

कमेन्टहरु
Loading...