कायकिङ प्रतियोगितामा बोर्डर क्रस हेड टु हेड अन्तर्गतका खेल सम्पन्न

पोखरा १४ मंसिर।पोखराको अपर सेतीमा जारी १५ औँ हिमालयन ह्वाइट वाटर च्यालेन्ज कायकिङ प्रतियोगितामा मंगलबार बोर्डर क्रस हेड टु हेड अन्तर्गतको खेल सम्पन्न भएको छ । मंगलबार सम्पन्न खेलमा पुरुषतर्फ अमेरिकाका गारेन स्टेफेन प्रथम भएका छन । बोर्डर क्रसमा बेलायतका नोएह फिलिप्स र नेपालका दिपेश गुरुङ क्रमस द्धितिय र तृतीय स्थान हासिल गर्दै अघिल्लो चरणमा प्रवेश गरेका छन ।

पोखरामा सञ्चालन भएको १५ औ हिमालयन कायाकिङ प्रतियोगिता सहभागी ः तस्विर सञ्जय शाक्य
पोखरामा सञ्चालन भएको १५ औ हिमालयन कायाकिङ प्रतियोगिता सहभागी ः तस्विर सञ्जय शाक्य

त्यसैगरी मंगलबार सम्पन्न महिलातर्फको बोर्डर क्रसमा बेलायतका बेथ मोर्गन प्रथम, अमेरिकाका किरा पाउलस द्धितिय र आयरल्याण्डकी सुसन डोयल तृतीय स्थान हासिल गर्दै अघिल्लो चरणमा प्रवेश गरेकी छिन । एक किलोमिटर दुरीको बोर्डर क्रस हेड टु हेडमा बिदेशी र नेपाली गरी ५२ जना खेलाडीहरु सहभागी थिए । मंगलबारको बिजेताहरु बुधबार हुने स्ट्रीम सललममा प्रतिस्पर्धा गर्नेछन ।

पोखरामा सञ्चालन भएको १५ औ हिमालयन कायाकिङ प्रतियोगिता सहभागी ः तस्विर सञ्जय शाक्य
पोखरामा सञ्चालन भएको १५ औ हिमालयन कायाकिङ प्रतियोगिता सहभागी ः तस्विर सञ्जय शाक्य

मंगलबार छनौट भएका ४ जना र सोमबार छनौट भएका २८ जना गरी ३४ जनाले बुधबारको खेलमा सहभागीता जनाउने नेपाल एशोसियसन अफ ¥याफ्टिङ एजेन्सिज नाराका पश्चिमाञ्चल संयोजक नीम बहादुर मगरले जानकारी दिए ।

कमेन्टहरु
Loading...