विमान दुघटनामा १९ फुटबलर र २१ पत्रकारको निधन

कोलम्बियाको उत्तरपूर्वी शहर केरो गोर्डेनमा मंगलबार विमान दुर्घटनामा ब्राजिलियन फुटबल क्लबका १९ सदस्यका र २१ पत्रकारको निधन भएको छ । जसमा एक पत्रकारको उद्धार गरिएको बताइएको छ।

कोलम्बियामा बुधबार हुने दक्षिण अमेरिकी राष्ट्रको दोस्रो ठूलो प्रतियोगिता कोपा सुदामेरिकानाको समाचार संकलन गर्न ब्राजिलको ‘ए’ डिभिजन क्लब चापेकोइन्सेका २३ सदस्यीय टोलीसहित २२ पत्रकार एउटै विमानमा थिए।

समाचार संकलनका लागि ब्राजिलको फक्स स्पोर्ट्सबाट मात्र ६ पत्रकार विमानमा सम्मिलित थिए। ब्राजिलियन पत्रकार राफायल भाल्मोरबिदालाई घटनास्थलबाट उद्धार गरिएको बताइएको छ। मेडेलियन अन्तर्राष्ट्रिय विमानस्थलले सो विमान बोलिभियाबाट छुटेको बताएको छ। खेल बुधबारका लागि निश्चित गरिएको थियो।

 

कमेन्टहरु
Loading...