बाबा आनन्द सञ्चार पुरस्कारका लागि प्रतिभा छनोट समिति गठन

पोखरा, १४ मंसिर /बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७३ प्रतिभा छनोट समिति गठन गरेको छ ।

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुलीको संयोजकत्वमा गठित ४ सदस्य समिति सदस्यहरुमा कान्तिपुर दैनिकका पोखरा स्थित संबाददाता लाल प्रसाद शर्मा, पुरस्कार सञ्चालक परिवारका सदस्य शर्मिला श्रेष्ठ र बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी रहेका छन् ।

स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा उनका परिवारजनबाट स्थापित पुरस्कारको राशी पन्ध्र हजार एक सय एघार रहेको छ भने पुरस्कार स्वर्गिय आनन्दराज श्रेष्ठको बार्षिक पुन्यतिथिको अवसर पारी प्रत्येक बर्ष प्रदान गरिदै आएको छ ।

बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षणको बिषयमा बर्ष भरी उष्कृष्ट लेख तथा समाचार प्रशारण एवं प्रकाशन गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मिलाई सो पुरस्कार प्रदान गरिने पुरस्कारका सस्ंथापक बाबा फाउण्डेशन नेपालका अध्यक्ष दिलीपराज श्रेष्ठले बताए ।

कमेन्टहरु
Loading...