अर्जुन गिरी
पोखरा, १४ मंसिर/उपचारका गर्न लगिएका कास्की कारागारका कैदी पुष्कर खड्का अस्पतालबात भागे । केही दिनअघि यस्तै खबर सहरमा फैलियो । तर उनी अस्पतालबाट नभई होटलबाट भागेको पत्ता लागेको छ । स्रोत भन्छ, ‘अस्पतालमा उपचारका लागि नभई उनलाई युवती भेट्ने मौका दिन होटल पु¥याइएको थियो ।’
दाँतको उपचार गर्न भनी प्रहरीले लैजाँदा खड्का गण्डकी शिक्षण अस्पतालको चर्पीबाट भागेको कास्की कारागारले बताएको थियो । तर स्रोतका अनुसार उनको यौनतृष्णा मेट्ने मौका दिन मंसिर ९ गते न्यरोडको होटल दीपसागर पु¥याइएकोमा त्यहीबाट भागेका थिए । आजको समाधान दैनिकका लागि अर्जुन गिरीले समाचार लेखेका छन् ।
कारागार सुरक्षामा नेपाल प्रहरी खटिएको हुन्छ । तर कैदीलार्य उपचारका लागि बाहिर ल्याउने वा नल्याउने अधिकार कारागार प्रशासनसँग हुने प्रावधान कारागार व्यवस्था ऐनमा छ । जेल प्रशासनसँग अनुमति लिएरमात्रै प्रहरीले कैदीलाई बाहिर निकाल्ने सुरक्षाकर्मी खटाउँछ । खड्का भागेपछि कास्की कारागार प्रमुख हरिप्रसाद गौतमले खड्का अस्पतालबाट भागेको पत्रकारलाई बताएका थिए । खड्कालार्य यसअघि पनि पटकपटक उनको यौन चाहाना पुरा गर्न बाहिर निस्कन दिने गरेको स्रोतले जानकारी दिएको छ ।
तर यसपालि भने कारागार प्रशासनलाई धोका दिदै उनि भागे स्रोतले भन्यो । खड्कालाई लिएर बाहिर निस्किएका प्रहरुीद्धय र कारागार कार्यालय सहायक त स्वतहः कारबाहीमा पर्छन् तर यस प्रकरणमा उनीहरुको मात्र संलग्ना नरहेको स्रोतको दाबी छ । मंसिर ९ गते प्रहरी सहायक निरीक्षक बोजकुमारी क्षेत्रीले खड्कालाई अस्पतालन नै नलगी होटल लगेको खुल्न आएको छ । अनुसन्धान गर्नु छ भन्दै दुईवटा कोठा लिएका थिए । चाबी लिँदै दुईवटा केटी आउँछन् हाम्रो काठामा पठाइदिनु होला भन्दै बालकुमारीले भनिन् । केही बेरमा दुई युवती आए । प्रहरी कफि र मम खान व्यस्त भए भने त्यही बेला खड्का युवती सहित फरार भए ।