सोसियल पव्लिकको स्र्पोट्स मिट सुरु

पोखरा, १३ मंसिर ।पोखरा १० वुद्ध चोक स्थित सोसियल पव्लिक स्कुलको स्र्पोट्स मिट सोमबार वाट सुरु भएको छ । करिव ८ सय भन्दा वढी विद्यार्थी अध्ययन गर्ने सो विद्यालयका करिव ५ सय विद्यार्थीहरुले खेलकुदमा सहभागीता जनाएको विद्यालयका प्रिन्सिपल खिम गुरुङ्गले जानकारी दिए ।

सोसियल पव्लिकको स्र्पोट्स मिट सुरु
सोसियल पव्लिकको स्र्पोट्स मिट सुरु

स्र्पोट्स मिट अन्र्तगत जुनियर तथा सिनियर फुटवल, ह्याण्डबल, टेवल टेनिस एवम ट्रयाक एण्ड फिल्ड अन्तर्गत एथलेटिक्सका सम्पुर्ण खेलहरु आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुले ३ सय मेडलका लागि प्रतिष्पर्धा गर्नेछन ।पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठकले उद्घाटन गरेका थिए । प्रतियोगिता १७ गते सम्म संचालन हुनेछ ।

कमेन्टहरु
Loading...