१८ औ पोखरा सडक महोत्सवको पुष दोस्रो साता

सागर राज तिमिल्सिना
पोखरा, १३ मंसिर/१७ वर्ष देखि रेष्टुरेन्ट एण्ड बार एसोसिएसन ९रेवान० पोखराले अंग्रेजी नयाँ बर्षको अबसरमा पोखरा आयोजना गर्दै आएको पोखरा सडक महोत्सबको १८ औं संस्करण पनि पुष १३ देखि १७ गते सम्म सञ्चालन गर्ने भएको छ । पोखराको पर्यटकिय क्षेत्र लेकसाईडको ३ किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।

‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सबको तयारी तिब्र पारेको सोमबार आयोजित पत्रकार सम्मेलनमा १८ औ सडक महोत्सवको संयोजनक गोपी भट्टराईले जानकारी दिए । महोत्सवलाई मनोञ्जनतात्मक बनाउन ख्यातीप्राप्त कलाकारको दोहोरी गीत, हास्य प्रस्तुती सहित चर्चित कलाकारको लाइभ कन्सर्ट हुने संयोजक भट्टराईले बताए । उनले विदेशीलाई पनि लक्ष्ति गरेर अग्रेजी गीत समेत समाबेश गर्ने बताए ।

महोत्सबमा नेपालका विभिन्न ठाउँ र विदेशबाट समेत सास्कृतिक कार्यक्रम ल्याइ प्रर्दशन गर्ने उनले बताए । उनले भारत, चीन र कोरियाको सास्कृतिक प्रस्तुतीका लागि दुतावाससँग छलफल भैरहेको जानकारी दिए । महोत्सबबाट झण्डै ९० लाख आम्दानी हुने र खर्च कटाएर १५ देखि २० लाख रुपैया बचतको अपेक्षा गरिएको छ ।

महोत्सबको अबसरमा रेष्टुरेन्टमा कार्यरत कर्मचारीविच दौड र वेटर रेस, संघसंस्था विच विविध खेलकुद कार्यक्रम, सहासिक र मनोरन्जनात्मक गतिविधिवारे बृत्तचित्र, फोटो प्रदर्शनी लगायत समावेश गरिएको उनले बताए ।

कमेन्टहरु
Loading...