छात्र छात्रा फुटबल खेलको प्रि क्वाटर फाईनल खेल सकिए

पोखरा, १३ मंसिर। नेसनल प्याब्सान कास्कीले आयोजना गरेको ११ औ खेलकुद महोत्सव अन्तर्गत छात्र छात्र फुटबल प्रतियोगितामा प्रि क्वाटर फाईनलका खेल सम्पन्न भएको छ।सोमबार अञ्चल शशस्त्र प्रहरीको खेल मैदानमा भएको छात्र फुटबलमा युर्निभर्सले न्यू लेखनाथ पब्लिकलाई ४–० र हेमजा बोर्डिङले सिद्धार्थ लवडेललाई २–० ले पराजित ग¥यो।त्यसैगरी, माछापोखरी खेल मैदानमा भएको छात्रा तर्फको सेभेन ए साईड प्रतियोगितामा चिल्ड्रेन्स ले सनराइजलाई १–०, गोर्खाले पोखरा क्याम्ब्रिजलाई १–०, कास्की मोडनाइज्डले मर्निङग्लोरीलाई टाईब्रेकरमा ३–० ले र सिद्धिविनायकले वड्स एकेडेमीलाई टाईब्रेकरमा २–०ले पराजित ग¥यो।

localhost/websites/bibek
ganthan.com

छात्र छात्रको क्वाटर फाईनलका खेल बुधबार रंगशालामा हुने प्रचार प्रसार उपसमितिका संयोजक प्रेमराज अधिकारीले जानकारी दिए।महोत्वसव औपचारिक रुपमा भने मंगलबार उद्घाटन हुदै छ। महोत्सवको उद्घाटन युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले गर्नेछन् भने समापन मंसिर १७ गते दुई वजे रंगशालामा हुने छ।‘

एन प्याब्सान कास्कीको सङ्कल्प ः खेलकुद शिक्षाको अभिन्न अङ्ग’ भन्ने मुल नार लिएको उक्त प्रतियोगितामा भलिबल, फुटबल, वास्केटबल, ह्याण्डबल, टेबुलटेनिस खेलहरु आधारभूत र मावि तहमा छात्र र छात्रा समूहमा खेलाईनेछ। एथलेटिक्स विधाका सम्पूर्ण खेलहरु महोत्सवमा खेलाईने एन प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीले जानकारी दिए।उनका अनुसार महोत्सवमा प्रत्यक्ष र परोक्षरुप्मा गरि ४५ विद्यालयका लगभग सात हजार खेलाडी मैदानमा प्रतिस्पिर्धाका लागि उत्रनेछन् भने लगभग २५ हजार विद्यार्थी अभिभावकले महोत्सवको अवलोकन गर्नेछन्।

कमेन्टहरु
Loading...