सामसुङ ग्राण्ड विग आईकनमा चौथो चरणको अडिसन शुरु

रेम बिक
पोखरा, ३० जेठ/सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकन २०१३ मा चौथो सँस्करणको अडिसन शुरु भएको छ । बुधबार चौथो चरणको अडिसनको पहिलो दिन २१ जना गायन प्रतिभाहरुले आफ्नो प्रतिभा देखाए । उनीहरुमध्येबाट १७ जना प्रतिस्पर्धीहरुले अघिल्लो चरणको लागी कार्ड प्राप्त गरे । चौथो चरणसम्म आईपुगेका अन्य ३२ जना प्रतिस्पर्धीहरुले विहिबार अघिल्लो चरणको लागी प्रतिस्पर्धा गर्ने एफएमले जनाएको छ ।

IMG_0306विहिबार दिउँसो साढे तीन बजेदेखि बाँकि रहेका प्रतिस्पर्धीहरुको अडिसन शुरु हुने एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले जानकारी दिए । प्रतियोगितामा ४८ जिल्लाका ७ सय ७० जना प्रतिस्पर्धीहरुले पहिलो चरणको अडिसनका लागी आवेदन फाराम भरेका थिए ।

एफएमले दिएको जानकारी अनुसार फाईनल राउण्डसम्म पुग्नका लागी प्रतिस्पर्धीहरुले अझै धेरै चरणको अडिसन दिनुपर्नेछ । अहिले संगीत बिना नै गाईरहेका प्रतिस्पर्धीहरुले अब चाँडै संगीत संगै आफ्नो गायकी देखाउने मौका पाउने एफएमले जनाएको छ । चौथो सँस्करणको विग आईकनमा संगीतकर्मी सुनील थापा र गायक विनोद बाँनिया निर्णायकको रुपमा रहेका छन् । यो पटकको विग आईकनका विजेताले १ लाख ५० हजार रुपैँया मुल्य

बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रोले ५० हजार रुपैँया प्राप्त गर्ने एफएमले जानकारी दिएको छ । चौथो सँस्करणको ‘सामसुङ ग्राण्ड विग आईकन’लाई सामसुङ ग्यालेक्सी ग्राण्डले मुख्य प्रायोजन गरेको छ भने मोबाईल मेसेन्जर निम्बजले सहप्रायोजन गरेको छ । त्यस्तै काठमाण्डौमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आईरहेको दि ब्रिटिस कलेज, थापाथली विशेष सहयोगीको रुपमा सहकार्य गरिरहेको छ ।

कमेन्टहरु
Loading...