सामाजिक अध्ययन विषयको गुणस्तरीयता अभिबृद्धिका योजना

पोखरा, १३ मंसिर/सामाजिक अध्ययन मञ्च कास्कीले सामाजिक विषयको अध्ययन अध्यापनमा गुणस्तरीयता कायम गर्ने सोचका साथ शिक्षक तथा विद्यार्थी केन्द्रित कार्यक्रम अघि बढाउने जनाएको छ ।

आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मञ्चका अध्यक्ष टेकनाथ पौडेलले मञ्च स्थापनाको आठौं वर्षमा आइपुग्दा विषयको अध्ययन अध्यापनमा गुणस्तरीयता ल्याउन समय समयमा विषयगत कार्यालय एवम् संघ संस्थाको सहकार्यमा अन्तक्रिया, गोष्ठी एवम् तालिम सञ्चालन गरिएको बताउनुभयो ।

विषयको गुणस्तरीयता अभिबृद्धिका लागि शिक्षक एवम् विद्यार्थी दुबै लक्षित कार्यक्रम अघि बढाइएको बताउँदै अध्यक्ष पौडेलले माध्यमिक तहमा पढ्ने विद्यार्थीको सामाजिक अध्ययनको रुचि थप जागृत गराउन आगामी पुस ८ र ९ गते जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतियोगिता संयोजक एवम् मञ्चका सल्लाहकार दिनेश अर्यालका अनुसार रिड मोर पब्लिकेशन, काठमाडौंको आर्थिक सहयोगमा हुने प्रतियोगितामा जिल्ला भित्रका सामूदायिक एवम् संस्थागत विद्यालयमा माध्यमिक तहमा अध्ययनरत विद्यार्थी सहभागी हुनेछन् । प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना समूहलाई लाई क्रमशः १० हजार, आठ हजार, पाँच हजार र चार हजार रुपैया नगद सहित ट्रफि प्रदान गरिने छ ।

मञ्चमा हाल जिल्ला भित्र १३० भन्दा बढी सामाजिक विषय अध्यापन गराउने शिक्षक सहभागी रहेको जानकारी दिदै मञ्चका सदस्य विष्णुहरि पौडेलले यसको दायरालाई विस्तारै फरााकिलो बनाउँदै लगिने बताउनुभयो । उहाँका अनुसार समाजिक विषयमा विद्यार्थीको रुचि बढाउन र ज्ञानको दायरा फराकिलो बनाउन हाजिरीजवाफ जस्ता प्रतियोगिताले धेरै सहयोग पु¥याउने विश्वास लिइएको छ ।

कमेन्टहरु
Loading...